default_image

5 years ago

September 27, 2020

चेल्सी हारबाट जोगियो

171 views

0 Bookmark

एजेन्सी – पहिलो हाफमा नै ३-० ले पछि परेपनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा वेस्ट ब्रोमविच आल्बीयनसँग ३-३ को बराबरी खेलेको छ ।

पहिलो हाफमा बिर्सनलायक डिफेन्डीङ गरेको चेल्सी सुरुवाती २८ मिनेटमा नै ३-० ले पछि परेको थियो । खेलको चौथो मिनेटमा नै क्यालम रबिन्सनले म्यथिअस परेराको पासलाई सदुपयोग गर्दौ सुरुवाती अग्रता दिलाए । २५ औं मिनेटमा रबिन्सनले नै घरेलु टोलीको अग्रता दोब्बर पारे । थियागो सिल्भाको खुट्टाबाट बल खोस्दै रबिन्सनले वन भर्सेस वनमा सहज गोल गरे ।

२७ औं मिनेटमा काइल बार्टलीको गोलमा वेस्ट ब्रोम ३-० ले अघि बढ्यो । दार्नेल फर्लङको पासमा बार्टलीले गोल गर्दै अप्रत्याशीत नतिजातर्फ टोलीलाई अगाडि बढाए । पहिलो हाफको अन्त्यसम्म पनि अग्रता जोगाएको वेस्ट ब्रोमले दोस्रो हाफमा भने चेल्सीको दबाब थेग्न सकेन ।

५५ औं मिनेटमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । उनले कप्तान सेजर एज्पिलीक्वेटाको पासमा गोल गरेका थिए । ७० औं मिनेटमा क्यालम हड्सन ओडोइले गोल गरे । उनले काइ हाभर्ट्जसँग वन टु पास खेल्दै पहिलो टचमा गोल गरेका थिए ।

हारतर्फ उन्मुख चेल्सीका लागि ट्यामी अब्राहमले अंक बचाए । उनले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । गोलरक्षकले पहिलो प्रहार बचाएपनि अब्राहमले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरेर अंक जोगाएका थिए ।

चेल्सी अंक तालिकामा ३ खेलमा ४ अंक जोड्दै छैटौं स्थानमा छ भने पहिलो अंक जोडेको वेस्ट ब्रोम १५ औं स्थानमा छ । त्यसअघि एभर्टनले सिजनको लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा यात्रा तय गरेको थियो । एभर्टनले क्रिस्टल प्यालेसमाथि २-१ को जित दर्ता गरेको हो ।

एभर्टनले खेलको दशौं मिनेटमा नै अग्रता लिएको थियो । फरवार्ड डोमिनिक काल्भर्ट लेविनले सिमस कोलमनको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । जवाफमा घरेलु टोली प्यालेसले २६ औं मिनेटमा खेल बराबरीमा ल्यायो । एन्द्रोस टाउनसेन्डको पासमा चिखु कोउआटेले गोल गरेपछि प्यालेस खेलमा फर्कियो ।

पहिलो हाफको ५ मिनेट समय बाँकी रहँदा एभर्टनले पुन: अग्रता लियो । जोल वार्डको ह्यान्डबललाई रेफ्रीले भीएआरमार्फत पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रिचार्लीसनले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि सफल हुन नसक्दा खेल एभर्टनले २-१ ले जित्यो ।

त्यसअघि रेफ्रीले अन्तिम सिठ्ठी फुकेपछि भीएआरको सहायताले प्राप्त पेनाल्टीमा गोल गर्दै म्यानचेष्टर युनाइटेडले ब्राइटनलाई ३–२ ले हराएको थियो । खेल २–२ को बराबरीमा सकिएको भन्दै रेफ्रीले सिठ्ठी फुकेपनि अन्तिम समयमा पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल भएको निर्णय रेफ्रीले भीएआरमार्फत लिएपछि पेनाल्टी दिइएको थियो । उक्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसले कुनै गल्ति गरेनन् । ब्रुनोको गोलसँगै युनाइटेड प्रिमियर लिगमा सिजनको पहिलो जित हासिल गर्न सफल भएको थियो ।

त्यसअघि ५ मिनेट इन्ज्युरी समयको अन्तिम मिनेटमा सम्हालिन युनाइटेड सम्हालिन नसक्दा २–२ को बराबरी भएको थियो । अलिरेजा जाहनबक्सको क्रसमा आएको बलमा सोली मार्चले हेडमार्फत खेललाई बराबरीमा ल्याएका थिए । सिजनको पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेसससँग ३–१ ले पराजित भए थियो ।

पहिलो हाफमा १–१ बराबरी भएको खेलमा मार्कस रासफोर्डले ५५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । त्यसअघि खेलमा अग्रता भने ब्राइटनले लिएको थियो । खेलको ४० औं मिनेटमा निल माउपेले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई अघि बढाएका थिए । पहिलो हाफमै युनाइेड खेलमा फर्कन सफल भएको थियो ।

४३ औं मिनेटमा लुइस डन्कले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । रासफोर्डको अर्को गोललाई भने रेफ्रीले अफसाइड दिएका थिए । प्रिमियर लिगमै शनिबार अन्य दुई खेल हुँदैछन् । क्रिस्टल प्यालेस र एभर्टन तथा वेस्ट ब्रम र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.