default_image

5 years ago

September 27, 2020

रियल म्याड्रिडको कठिन जित

146 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजनमा साविकको विजेता रियल म्याड्रिडले पहिलो जित दर्ता गरेको छ । रियल म्याड्रिडले १० खेलाडीमा समेटिएको रियल बेटिसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।

पहिलो खेलमा रियल रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको थियो । रियलको जितमा मिडफिल्डर फेडरिको भाल्भेर्डे र कप्तान सर्जियो रोमोसले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका आइसा मान्डी र विलियम कार्भाल्होले गोल गरे ।

स्टेडियो बेनिटो भिल्लामारिन सेभियामा शनिबार रासत भएको खेलमा पाहुना टोली म्याड्रिडले खेलको तेस्रो मिनेटमा गोल गरेपनि गोलले मान्यता पाएन । फर्लान्ड मेन्डीको क्रसमा करिम बेन्जेमाले गोल गरेपनि उनी अफसाइड पोजिसनमा रहेका थिए । सातौ मिनेटमा एन्टोनियो सानाब्रियाको प्रहारलाई म्याड्रिडका गोलरक्षक थिवाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरे ।

१४औं मिनेटमा फेडरिको भाल्भेर्डेको गोलबाट अग्रता लियो । उनले करिम बेन्जेमाको पासमा क्लोज रेन्जबाट वान टचमा उत्कृष्ट फिनिस गरेका थिए । लगत्तै १५औं मिनेटमा कप्तान सर्जियो रामोसको भली सट बाहिरिदा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३५औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । कर्नरबाट आएको पासलाई सर्जियो क्यानालेसले गरेको क्रसलाई आइसा मान्डीले हेडरमार्फत गोल गर्दा कोर्टुवाले रोक्ने कुनै मौका नै पाएन । ३७औं मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । नेविल फेकिरको पासमा कार्भाल्होले पेनाल्टीमा बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

४८औं मिनेटमा इमर्सनले आत्मघाती गोल गरेपछि रियल म्याड्रिडले खेललाई २–२ गोलको बराबरीमा ल्याउन सफल भयो । काउन्टर अट्याकमा फेडरिको भभाल्भेर्डेले दिएको पासलाई ड्यानियल कार्भाजलले क्रस गरेको बललाई बचाउन खोज्दा इमर्सनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

५१औं मिनेटमा करिम बेन्जेमाको प्रहार क्रस बारमा लागेर बाहिरिदा रियल म्याड्रिडले अग्रता लिनबाट चुक्यो । ६७औं मिनेटमा बेटिस १० खेलाडीमा समेटियो । लुका जोभिकलाई फल र अनावश्यक वाद विवादमा उत्रिएपछि रेफ्रीले इमर्सनलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । १० खेलाडीमा समेटिएपनि बेटिसले म्याड्रिडसँग प्रतिस्पर्धात्मक खेल पस्केको थियो । ७६औं मिनेटमा विलियम कार्भाल्होको प्रहारलाई कोर्टुवाले विफल पारे ।

८०औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टीको अवसर पायो । मार्क बार्टाले बोर्जा मायोरलमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै म्याड्रिडलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा ८२आं मिनेटमा कप्तान रामोस चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा रियल म्याड्रिडले बेटिसमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्यो ।

जितपछि म्याड्रिडको दुई खेलबाट ४ अंक पुगेको छ । पराजित रियल बेटिसको ३ खेलबाट ६ अंक रहेको छ ।

अन्य नतिजा

डिपोर्टिभो एलाभेसविरुद्ध गेटाफे (०–०), भ्यालेन्सियाविरुद्ध एसडी हुएस्का (१–१), इल्चेविरुद्ध रियल सोसिडाड (०–)

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.