default_image

5 years ago

September 27, 2020

अपराजित रेनिस फ्रेन्च लिगको शीर्षस्थानमा

151 views

0 Bookmark

एजेन्सी – सेन्ट इटिएनमाथि सहज जित निकाल्दै रेनिस फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेन्ट इटिएनमाथि ३–० को सहज जित निकाल्दै अपराजित रहेको रेनिस शीर्षस्थानमा उक्लिएको हो ।

सेन्ट इटिएनको मैदानमा भएको रेनिसको जितमा नाइफ अगुर्ड, सेहेरोउ गिरासाई र एड्रिएन हुनोउले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । रेनिसले खेलको ३३औं मिनेटमा नाइफ अगुर्डले गोलबाट अग्रता लिएको थियो । उनले बेन्जामिनको पासलाई सदुपयोग गरेका थिए ।

४७औं मिनेटमा घरेलु टोलीका अरनाउड नोर्डिनले गोल गरेपनि उनी अफसाइड ठहरिए । ५३औं मिनेटमा सेहेरोउ गिरासाईले गोल गर्दै रेनिसको अग्रता दोब्बर पारे । सेहेराृले रोमेन डि क्यास्टिलोको पासलाई गोलमा परिणत गरेका थिए । ८९औं मिनेटमा एड्रिएन हुनोउले राफिन्हाको पासमा गोल गर्दै रेनिसलाई ३–० को सहज जित दिलाए ।

अपराजित रहेको रेनिसको ५ खेलबाट १३ अंक पुगेको छ । समान खेलबाटै लिलको ११ अंक रहेको छ । पराजित सेन्ट इटिएन १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा मार्से र मेट्जले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । मेट्जका इब्राहिमा नियनीले गोल गर्दा मार्सेका मोगर्न सान्सनले इन्ज्युरी समयमा गोल फर्काउदै हार टारेका थिए । मार्से ५ खेलबाट ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । मेट्ज ४ अंकसहित १६औं स्थानमा रहेको छ ।

लिगको साविक विजेता पीएसजी भने आठौँ स्थानमा छ । सुरुवाती दुई खेल हार्दै खराब सुरुवात गरेको पीएसजीले त्यसपछि लगातार दुई खेल जितेको थियो । टोलीले आइतबार राइम्सको सामना गर्दैछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.