5 years ago
September 27, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति लन्डन क्लब टोटेनहम हट्स्परले घरेलु मैदानमा न्युक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल टोटेनहम हट्सपर स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा टोटेनहम न्युक्यासलमाथि सहज जितको खोजीमा हुनेछ । प्रिमियर लिगको दोस्रो राउन्डको खेलमा साउथह्याम्टनमाथि ५–२ को सानदार जित पाएको टोटेनहम सोही जितको लयलाई निरन्तरता दिने दाउमा हुनेछ । लिगमा उच्च प्रदर्शन गरिरहेका ह्यारी केन र ह्युङ मिन सनको जोडीले युरोपा लिगको प्लेअफमा जित हासिल गर्दा समेत प्रभाव छाडेका थिए ।
टोटेनहमका लागि ह्युङ मिन सन नै मुख्य हतियार हुनेछन् । उनीसँगै टोटेनहमसँग ह्यारी केन, जियोभानी लो सेल्सो, लुकास मौउरा, ह्यारी विङ्स, इरिक डाएर, बेन डेभिस, माट डोहर्टि र गोलरक्षकमा ह्युगो लोरिस रहनेछन् ।
यस्तै यसै समरमा लोनमा रियल म्याड्रिडबाट टोटेनहम आएका सर्जियो रिगुइलोनले खेल्ने सम्भावना रहेको छ । ग्यारेथ बेलको भने खेल्ने सम्भावना निकै कम छ । उनी घुँडाको चोटका कारण पूर्ण रुपमा फिट छैनन् ।

यता, न्युक्यासल पनि टोटेनहमलाई स्तब्ध पार्दै ३ अंक जोड्ने दाउमा हुनेछ । न्युक्यासलसँग कलुम विल्सन, आइज्याक हेडेन र जमल लेविस लगायतका खेलाडी रहेका छन् । गत सिजन जोएलिन्टनको गोलमा न्युकासलले जित हासिल गरेको थियो ।
यी दुई टोली हालसम्म १९ पटक आमनेसमाने हुँदा अधिकांश नतिजा टोटेनहमकै पक्षमा रहेको छ । टोटेनहमले ११ खेल आफ्नो पक्षमा पर्दा न्युक्यासल ६ खेलमा विजयी भएको छ । २ खेल बराबरीमा सकिएको छ । दुवै टोलीको समान दुई खेलबाट ३ अंक रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]