5 years ago
September 27, 2020
एजेन्सी– उरुग्वेली फरवार्ड लुइस स्वारेजले बार्सिलोना छाड्नु परेको विषयमा कप्तान लिओनल मेसीले आफ्नो असन्तुष्टी सार्वजनिक गरिसकेका छन् ।

मेस्सीको गुनासोमा प्रति लक्षित गर्दै प्रशिक्षक रोनाल्ड कोम्यानले स्पष्टिकरण दिने प्रयास गरेका छन् । क्लबमा आबद्ध भएको केहि दिनमै कोम्यानले बार्सिलोनाका तेस्रो उच्च गोलकर्ता सुरुआरेजलाई अन्य क्लबको बाटो रोज्न सुझाव दिएका थिए । तर, अहिले भने कोम्यानले सुआरेज जानेमा आफ्नो मात्र निर्णय नरहेको बताएका छन् ।
‘मैले उनलाई फोन गरेको विषयलाई लिएर मलाई नाकारात्मक भूमिकामा देखाउन खोजिएको छ । म उनलाई व्यक्ति र खेलाडीका रुपमा सम्मान गर्छु,’ कोम्यानले भने, ‘मैले भनेको थिए यदि उनी क्लबमै रहने हो भने खेल्नका लागि कठिन हुन सक्छ । यदि क्लबमै रहेको खण्डमा भने विकल्पका रुपमा रहने सक्ने बताएको थिएँ ।’
कोम्यानले आफ्नो आबद्ध हुनुअघि नै क्लबले केहि निर्णय लिइसकेको र त्यसलाई समर्थक गर्नुपर्ने बताएका छन् । ‘सुआरेजको निर्णय म मात्रमा निर्भर थिएन । मिल्ने साथीले क्लब छाड्दा मेसीलाई नराम्रो लाग्नु स्वभाविक हो, किनकी उनीहरु मिल्ने साथी हुन्, ‘कोम्यानले थपे, ‘अभ्यास र खेल दुवैमा मेस्सी भनेको सबैका लागि उदाहरण हुन् । उनमा उच्च प्रतिवद्धता छ । उनीप्रति मलाई कुनै शंका छैन ।’

सुआरेज गत साता अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका थिए । कोम्यानले सुआरेजको ठाँउमा खेलाडी हेरिएको र खेलाडी सुरुवा बन्द हुनुअघि सम्झौता गर्न सक्ने आशा व्यक्त गरे ।
‘टोलीका सुधारका लागि हामी जहिले पनि खेलाडीको खोजीमा हुन्छौं । तर क्लबको आर्थिक अवस्थाका कारण हामीले चाहेकै खेलाडी ल्याउन नसकिने पनि हुन सक्छ । तर जे छ त्यसमा पनि विकल्प खोज्न सकिन्छ,’ उनले योजना सुनाए, ‘हामीसँग थुप्रै माथिल्लो स्तरको अगाडीका खेलाडी छन् । यदि यहि टोली रहँदा पनि मलाई स्वीकार्य छ ।’
रिक्वी पुजलाई पनि कोम्यानले क्लब छाडेर जान संकेत गरेका छन् । ‘उनको पोजिसनमा तीब्र प्रतिस्पर्धा छ । तर यसको मतलब उनी मेरो योजनामा छैनन् भन्ने होइन ,’ उनले भने, ‘अब खेल्ने टोलीमा पनि उनी छन् । अहिले उनको जर्सीमा अर्को सोचिएको छैन ।’
अन्सु फाती भने बार्सिलोनाको पहिलो टोलीको मुख्य खेलाडीका रुपमा रहने सम्भावना छ । ‘फातीमा उत्कृष्ट प्रतिभा छ । केहि खेलाडी सानो उमेरमा पनि माथिल्लो स्तरको खेल्न सक्छन्,’ उनले भने, ‘उनी युवा छन् र अझै धेरै सिक्न बाँकी छ । उनी अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन् भने केहि विशेष त पक्कै छ । उनी क्लबका भविष्य हुन् । यद्दपी अहिले पनि उनले पहिलो टोलीमा खेल्नका लागि पर्याप्त क्षमता राख्छन् ।’

फिलिपे काउटिन्होका विषयमा पनि कोम्यान सकारात्मक देखिएका छन् । बायर्न म्युनिखमा एक सिजन बिताएर कोम्यान यहि सिजन बार्सिलोना फर्केका हुन् । उनलाई कोम्यानले टोलीकै हिस्साका रुपमा हेरेको बुझिन्छ ।
‘काउटिन्हो नम्बर १० र विङ्सका लागि उत्कृष्ट छन् । उनले टोलीलाई रक्षात्मक रुपमा पनि मद्दत गर्छ सक्छन्,’ काउटिन्होको तारिफमा भने, ‘उनी अहिले लयमा देखिन्छन् । उनी राम्रो गरिरहेका छन् । बार्सिलोनाको यो सिजनको सफलतमा उनी पनि त्यसको हिस्सा हुने मलाई आशा छ ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]