default_image

5 years ago

September 28, 2020

साल्केका प्रशिक्षक वाग्नर बर्खास्त

139 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगा क्लब साल्केको आफ्ना मुख्य प्रशिक्षक डेभिड वाग्नरलाई बर्खास्त गरेको छ । नयाँ सिजनको सुरुवाती दुई खेलमा हार बेहोरेपछि क्लबले प्रशिक्षक वाग्नरलाई बर्खास्त गरेको हो ।

बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा साल्के च्याम्पियन बायर्न म्युनिखसँग ८–० ले तथा वेर्डर ब्रेमेनसँग ३–१ ले पराजित भएको थियो । साल्केले नयाँ सिजनको सुरुवाती दुई खेलमा नै हारबाट सुरुवात गरेपछि संघर्ष गरिरहेका मुख्य प्रशिक्षक वाग्नरलाई बर्खास्त गरेको पुष्टि गरेको छ । साल्केले बुन्डेसलिगाको पछिल्लो १८ खेलमा जितको स्वाद चाख्न पाएको छैन ।

४८ वर्षीय प्रशिक्षक गत वर्ष मे मा तीन वर्षको लागि साल्केको मुख्य प्रशिक्षक बनेका थिए । तर, उनी दोस्रो वर्षमै बर्खास्तीमा परे । सुरुवातमा उनको प्रशिक्षणमा साल्केले उत्कृष्ट सुरुवात गरेपनि सोही लयलाई निरन्तरता दिन सकेनन् । उनको प्रशिक्षणमा साल्केले ४० खेल खेल्दा समान १२ जित र १२ बराबरी तथा १६ खेलमा हारको नतिजा निकालेको थियो ।

गत सिजन तीन हारका साथ च्याम्पियन लिगलाई छनोट भएको टोली सिजनको मध्यतिरदेखि लगातारको हारले अघिल्लो सिजन १२औं स्थानमा रहेर बुन्डेसलिगा अन्त्य गरेको थियो । टोली रेलिगेसन प्लेअफभन्दा मात्रै ८ अंक माथि रहेको थियो । साल्केको नयाँ सिजनको दुई खेलमा ११ गोल खाइसक्दा मात्रै एक गोल गरेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.