5 years ago
September 28, 2020
एजेन्सी – इंग्लिस फरवार्ड जेमी भार्डीले ह्याट्रिक प्रहार गरेपछि प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले म्यानचेस्टर सिटीको मैदानमा ५-२ को सानदार जित दर्ता गरेको छ ।

प्रशिक्षक पेप गुआर्डीओलाले आफ्नो प्रशिक्षण करिअरमै पहिलो पटक ५ गोलको सामना गर्नुपर्यो । खेलमा सिटीले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । लेस्टरकै पूर्व खेलाडी रियाद माहरेजले चौथो मिनेटमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए ।
पहिलो हाफको ३७ औं मिनेटमा भार्डीलाई काइल वाल्करले पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा भार्डीले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको सुरुवातमा नै लेस्टरले भार्डीको गोलमा अग्रता लियो । तिमोथी कास्तागनेले दिएको लो क्रसलाई भार्डीले डिफेन्डर एरिक गार्सिया र गोलरक्षक एडरसनलाई चलाखीपूर्ण फ्लिकमा बिट गर्दै गोल गर्न सफल रहे ।
त्यसको ४ मिनेट नबित्दै भार्डीले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । ७७ औं मिनेटमा जेम्स म्याडीसनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गर्दै लेस्टरलाई फराकिलो जिततर्फ उन्मुख गराए । केहि बेरमा नै घरेलु टोली सिटीको पनि खेलमा फर्कने आशा जाग्यो । ८४ औं मिनेटमा नाथन आकेले गोल गर्दै झिनो सम्भावना जगाए । यसै सिजन सिटी आएका आकेले माहरेजको कर्नरमा हेडरमार्फत गोल गरेका थिए ।

तर बेन्जामिन मेन्डीले पेनाल्टी क्षेत्रभित्र म्याडीसनलाई लडाएपछि रेफ्रीले खेलको तेस्रो पेनाल्टी दिए । भार्डी परिवर्तन भइसकेको अवस्थामा युरी टिलेमान्सले पेनाल्टीमा गोल गर्दै फराकिलो जित पक्का गरे ।
यस जितसँगै लेस्टर अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ३ खेलमा समान ९ अंक जोडेको एभर्टन गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटी भने २ खेलमा ३ अंकसहित १३ औं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]