5 years ago
September 28, 2020
एजेन्सी – स्पेनिस युवा मिडफिल्डर अन्सु फातीको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको स्पेनिस ला लिगामा सानदार सुरुवात गरेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियलमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो । नोउ क्याम्पका आइतबार राति भएको खेलमा बार्सिलोनाको सानदार जितमा युवा स्टार अन्सु फातीले दुई गोल गर्दा कप्तान लियोनेल मेस्सीले एक तथा एक गोल उपहार पाएको थियो । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो ।
घरेलु मैदानमा खेलको शुरुवात देखि नै भिल्लारियललाई दवावमा राखेको बार्सिलोनाले १५औं मिनेटमा अन्सु फातीको गोलबाट अग्रता लिएको थियो । क्लेमेन्ट लेङ्लेटको लामो पासमा जोर्डी अल्वाले मिलाईदिएको पासमा अन्सुले पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुदा भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले रोक्ने कुनै अवसर नै पाएन ।

१९औं मिनेटमा फातीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनायो । फिलिपे कौटिन्होको पासमा कसैको निगरानीमा नरहेका फातीले उत्कृष्ट फिनिस गरेका थिए । २५औं मिनेटमा डिफेन्डर पोउ टोरेसले मेस्सीको प्रहारलाई ब्लक गर्दै बार्सिलोनाको अर्काे गोल टारे । लगत्तै २६औं मिनेटमा जोर्डी अल्वाको प्रहारलाई गोलरक्षक एसेन्जोले बचाए ।
३५औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो । मारियो गास्परले फातीलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । ४०औं मिनेटमा सर्जि रोबर्टाे र मेस्सीको वान टु वान पासमा रोबर्टाेको क्रसलाई फिलिपे कौटिन्होको भली प्रहार भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले विफल पारे ।

पहिलो हाफको इन्ज्युरी समयमा पोउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भयो । मेस्सीको क्रसलाई क्लियर गर्ने क्रममा टोरेसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
५६औं मिनेटमा एन्टोइन ग्रिजमनको प्रहारलाई राहुल एल्वियोलले ब्लक गरे । ६३औं मिनेटमा जेरार्ड मोरेनोको प्रहारलाई बार्सिलोनाका गोलरक्षक नेटोले सहजै नियन्त्रणमा लिए । ६६औं मिनेटमा मेस्सीको प्रहारलाई गोलरक्षक एसेन्जोले बचाए ।
८१औं मिनेटमा भिसेन्ट इब्बोराको क्रसमा पर्भिस इस्टुपिनान बाट ताकेफुसा कुवोबाट आएको पासमा मारियो गास्पर चुक्दा भिल्लारियलले अग्रता घटाउने अवसर खेर फाल्यो । ८६औं मिनेटमा ट्रिन्काओको प्रहारमा गोलरक्षक एसेन्जो बिट भएपनि डिफ्लेक्ट भएर आएको बललाई मेस्सीले प्रयास गरेपनि एसेन्जोले उत्कृष्ट बचाउ गरे ।
८८औं मिनेटमा ताकेफुसा कुवोको प्रहारलाई नेटोले बचाउदै बार्सिलोनालाई पहिलो खेलमा सहज जित दिलाए । जितसँगै बार्सिलोनाले ३ अंक जोडेको छ । भिल्लारियलको ३ खेलबाट ४ अंक रहेको छ ।
अन्य नतिजा
ओसासुनाविरुद्ध लेभान्टे (१–३) एइवरविरुद्ध एथलेटिको क्लब (१–२), एट्लेटिको म्याड्रिडविरुद्ध ग्रानडा (६–१), काडिजविरुद्ध सेभिया (१–३), रियल भालाडोलिडविरुद्ध सेल्टा डि भिगो (१–१)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]