5 years ago
September 28, 2020
एजेन्सी – अर्जेन्टिनी फरवार्ड माउरो इकार्डी र युवा फरवार्ड किलियन एमबाप्पेको जोडि जम्दा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रा जित निकालेको छ । पीएसजीले रेइम्समाथि उसकै मैदानमा २–० को सहज जित निकालेको हो ।

लिग वानको सुरुवाती दुई खेल गुमाएपछि पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजी लिग वानको सुरुवाती दुई खेलमा लेन्स र मार्सेसँग समान १–० ले पराजित भएको थियो । त्यसपछि पीएसजीले मेट्जलाई १–० ले तथा निसलाई ३–० ले पराजित गदै जितको लय समातेको थियो ।
इकार्डीले खेलमा दुई गोल गर्दा दुवै गोलमा फ्रान्सेली युवा स्टार किलियन एमबाप्पेले असिस्ट दिएका थिए । रेइम्समा आइतबार राति भएको खेलमा पीएसजीले खेलको नवौं मिनेटमा इकार्डीको गोलबाट अग्रता लिएको थियो । एमबाप्पेको पासमा इकार्डीले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट फिनिस गरेका थिए ।

३७औं मिनेटमा नेयमारको फ्रिकिक पोस्टबाट थोरै बाहिरिँदा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो । ६१औं मिनेटमा एमबाप्पेको पासमा नेयमारले १० यार्डबाट गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो । लगत्तै ६२औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए ।
एन्जल डि मारिया र एमबाप्पेको चलाखीपुर्ण वान टु वान पासमा मुभ बनाएपछि अनमार्क रहेका इकार्डीले खाली पोस्टमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी २–० ल विजयी हुन सफल भयो ।

घरेलु टोली रेइम्सले कुनैपनि समय पीएसजीको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन । जितसँगै पीएसजी ५ खेलबाट ९ अंक जोडेर सातौ स्थानमा रहेको छ । पराजित रेइम्स १ अंकसहति १९औं स्थानमा छ ।
अन्य नतिजा
बोर्डअक्सविरुद्ध निस (०–०), एन्जर्सविरुद्ध ब्रेस्ट (३–२), डिजोनविरुद्ध मोन्टेपिलर (२–२), मोनाकोविरुद्ध स्टार्सबर्ग (३–२), निसविरुद्ध लेन्स (१–१), लोरिएन्विरुद्ध लियोन (१–१)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]