5 years ago
September 28, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा नेपोलीले जिनोआमाथि ६–० को सानदार जित दर्ता गरेको हो ।

घरेलु मैदानमा नेपोलीको जितमा हर्भिङ लोजानोले दुई तथा पियोटर जिलिन्स्की, ड्रिएस मेर्टिन्स, इलजिफ इल्मास र माटियो पोलिटानोले गोल गरे । गोलको वर्षा भएको खेलमा पहिलो हाफमा एक गोल सम्भव हुँदा दोस्रो हाफमा ५ गोल निस्किएको थियो ।
स्टेडियो सान पाउलोमा घरेलु टोलीले खेलको १०औं मिनेटमा हिर्भिङ लोजानोको गोलबाट अग्रता लिएको थियो । उनले ड्रिएस मेर्टिन्सको पासमा गोल गर्न सफल भएका थिए । नेपोलीले दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ४६औं मिनेटमा पियोटर जिलिन्स्कीले भिक्टर ओसिमहेनको पासमा गोल गर्दै नेपोलीलाई २–० ले अघि बढाए ।
दोस्रो हाफमा आक्रमक फुटबल खेलेको नेपोलीले ५६औं मिनेटमा ३–० को अग्रता लिन सफल भयो । पियोटर जिलिन्स्कीको पासमा ड्रिएस मेर्टिन्सले नेपोलीका लागि तेस्रो गोल गरेका थिए । ६४औं मिनेटमा मेर्टिन्सको पासमा हिर्भिङ लोजानोले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपोली फराकिलो जिततर्फ अग्रसर बन्यो ।

६८औं मिनेटमा इलजिफ इल्मासले इलसिड हेसाजको पासमा गोल गरेपछि नेपोलीले खेलमा ५–० को आरामदायी अग्रता बनायो । ७१औं मिनेटमा जियोभानी लो सेल्सोको पासमा माटियो पोलिटानोले गोल गर्दै नेपोलीलाई ६–० को फराकिलो जित दिलाए । जिनोआले कुनै पनि समय नेपोलीको पोस्टमा गतिलो आक्रमण बुन्न नसक्दा फराकिलो हार बेहोर्न बाध्य बन्यो ।
जितसँगै नेपोली दुई खेलबाट ६ अंक जोडेर सिरी ‘ए’ को शीर्षस्थानमा रहेको छ । एसी मिलान र हेलास भेरोनासँग समान अंक भएपनि गोल अन्तरमा नेपोली शीर्षमा रहेको हो । पराजित जिनोआ २ खेलबाट ३ अंक जोडेर ११औ स्थानमा रहेको छ ।
यस्तै अर्काे खेलमा एसी मिलानले क्रोटोनलाई उसकै मैदानमा २–० ले पराजित गर्दै सिरी ‘ए’ मा लगातार दोस्रो जित दर्ता गरेको छ । मिलानको जितमा फ्रान्क केस्सी र ब्राहिम डियाजले गोल गरे । केस्सीले पहिलो हाफमा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा तथा ब्राहिमले ५०औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै मिलान २ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान खेलबाटै क्रोटोन अंकविहीन हुदै पुछारमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]