default_image

5 years ago

September 28, 2020

उमेर नपुग्दा फातीले पाएनन् ‘म्यान अफ द म्याच’

196 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले आइतबार लिगको पहिलो खेल खेल्दै भिल्लारियलमाथि ४-० को सहज जित दर्ता गर्यो । बार्सिलोनाको जितमा युवा विंगर अन्सु फाती एक्लैले २ गोल गरेका थिए ।

कप्तान लिओनेल मेस्सीसँग उत्कृष्ट तालमेल देखाउँदै प्रभावशाली प्रदर्शन गरेका फाती उच्च प्रदर्शन गर्नुका बाबजुद म्यान अफ द म्याच भने चुनिएनन् । खेलको १५ औं जोर्डी अल्बाको कटब्याकमा गोल गर्दै फातीले लिगको नयाँ सिजनमा पहिलो गोल गरेका थिए । त्यसको ४ मिनेट नबित्दै फिलिपे कोउटिन्होको पासमा फातीले व्यक्तिगत दोस्रो गोल गरे ।

३५ औं मिनेटमा फातीकै कारण बार्सिलोनाले पेनाल्टी प्राप्त गरेको थियो । मारियो गास्पारले पेनाल्टी क्षेत्रभित्र फातीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई कप्तान मेस्सीले गोलमा परिणत गर्दै टोलीलाई ३-० को अग्रता दिलाए । उनी मैदानमा खेल्नेमध्यमा उत्कृष्ट प्रदर्शन गरेपनि उमेर कम भएकाले अवार्ड लिन असमर्थ भए ।

फाती उमेरले भर्खर १७ वर्ष पुगेका छन् । स्पेनमा १८ वर्ष भन्दा मुनिकाले मदिरा सेवन गर्न नपाइने नियम छ । उमेर नपुगेकाले मदिराजन्य पदार्थ सेवन तथा खरिद विक्री नै गर्न पाइदैन । ला लिगाको म्यान अफ द म्याच प्रायोजन बियरले गरेको कारण फातीले उक्त अवार्ड प्राप्त गर्न सकेनन् । उनको सट्टामा अवार्ड डिफेन्डर जोर्डी अल्बालाई दिइएको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.