5 years ago
September 28, 2020
एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले अमेरिकी मेजर लिग सकरमा इन्टर मायमीका लागि डेब्यु खेलमा नै पेनाल्टी मिस गरेका छन् ।

इटालियन च्याम्पियन युभेन्टसबाट सिजनको सुरुवातमा हिगुआइन फ्री ट्रान्सफरमा इन्टर मायमी पुगेका थिए । आइतबार भएको फिलाडेल्फीया युनियनविरुद्ध खेलमा हिगुआइन पेनाल्टीमा चुक्दा टोलीले ३-० को हार बेहोर्यो । स्कोर २-० को स्थितिमा रहँदा हिगुआइनले पेनाल्टी बाहिर प्रहार गरेका थिए ।
खेलको २० औं मिनेटमा हिगुआइनको सुन्दर प्रयास गोल हुन सकेन । उनले बाइसाइकल किकमा गरेको प्रहार पोस्टमा लागेर फर्कंदा टोलीले अग्रता लिन चुकेको थियो । घरेलु टोली फिलाडेल्फियाले २५ औं मिनेटमा एन्थोनी फोफानाको गोलमा अग्रता लिएको थियो । ६९ औं मिनेटमा इल्सिन्होले गोल गरेपछि टोली २-० ले अघि बढ्यो ।
हिगुआइनले ७७ औं मिनेटमा पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा इन्टरले खेलमा फर्कने अवसर पाएन । हिगुआइनले पेनाल्टी चुकाएलगत्तै विपक्षी खेलाडीसँग वादविवाद भएको थियो । रेफ्रीले दुवै तर्फका खेलाडीलाई संयम बस्न भनेपछि केहिबेर खेल रोकिएर सुरु भएको थियो । ९० औं मिनेटमा ब्रेन्डन आरोनसनले गोल गर्दै घरेलु टोलीको जित पक्का गरे ।
हिगुआइनको यो विभिन्न प्रतियोगिता गरेर लगातार चौथो पेनाल्टी मिस हो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]