5 years ago
September 29, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुस कम्तीमा पनि दुई साता मैदान बाहिर रहने भएका छन् ।

रियल म्याड्रिडको मेडिकल टोलीले सोमबार गरेको परिक्षणपछि उनले कम्तीमा पनि १० देखि १४ दिन मैदान बाहिर रहने क्लबले पुष्टि गरेको छ । शनिबार राति रियल बेटिसमाथि ३–२ को जित निकालेको खेलमा क्रुसले मस्कुलर इन्ज्युरीका कारण पहिलो हाफको अन्त्यतिर मैदान छाड्नु परेको थियो । असहज महसुस गरेपछि उनलाई ४५औं मिनेटमा लुका मोड्रिचले प्रतिस्थापन गरेका थिए ।
म्याड्रिडको मेडिकल टोलीको परिक्षणपछि उनको बाँया खुट्टाको ग्लुटियस मेडिअस मांसपेशीमा चोट लागेको रियलले जारी गरेको विज्ञप्तिमा उल्लेछ । क्लबका प्रशिक्षक जिनेदिन जिदानले ३० वर्षीय क्रुस छिट्टै नै चोटबाट पूनरागमन गर्न सक्ने खेलाडी रहेको भन्दै कम्तीमा पनि १० देखि १४ दिन उनको रिकभरी समय रहेको बताएका छन् ।

क्रुसले रियल भालाडोलिड र लेभान्टेविरुद्धको खेल गुमाउने प्रशिक्षक जिदानले बताएका छन् । यसको अर्थ उनले अन्तर्राष्ट्रिय ब्रेकपछि टोलीमा पूनरागमन गर्न सक्नेछन् । क्रुसको यो चोटले उनले अक्टोबर दोस्रो साता हुने जर्मनीको अन्तर्राष्ट्रिय खेल गुमाउन सक्नेछन् ।
जर्मनीले युइएफए नेसन्स लिगमा ११ अक्टोवरमा युक्रेन तथा १४ अक्टोबरमा स्वीट्जरल्यान्डसँग खेल्ने तालिका छ । त्यसअघि ८ अक्टोवरमा टर्कीसँग अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।
सिजन शुरुवात नहुदै इडर मिलिटाओ र मारियानो डियाज चोटबाट पूनरागमन गर्ने प्रयासमा छन् । चोट र फिटनेसमा संघर्ष गरिरहेका इडेन हाजार्ड, मार्काे एसेन्सियो र मार्सेलोले भालाडोलिडविरुद्धको खेलमा टोलीमा स्थान बनाउन सक्नेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]