5 years ago
September 29, 2020
एजेन्सी – पोर्चुगल तथा पोर्चुगिज क्लब बेन्फिाका डिफेन्डर रुबेन डायस इंग्लिस क्लब म्यानचेस्टर सिटी आउन सहमत भएका छन् ।

सिटीको क्लब इतिहासकै कीर्तिमानी मुल्य ६४ मिलियन पाउन्डमा सेन्टरब्याक डियासलाई चार वर्षको लागि अनुबन्ध नजिक पुगेको छ । डायस सिटीमा अनुबन्ध भए उनी क्लब इतिहासकै सर्वाधिक महँगा खेलाडी बन्नेछन् ।
यसअघि २०१९ मा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट रोड्रीलाई ६३ मिलियन पाउन्ड खर्चेको थियो । सबै विषयमा सहमति भइसकेपनि निकोलस ओटामेन्डीका कारण क्लबले २३ वर्षीय डायसलाई सार्वजनिक गरेका छैनन् ।
उनले सिटीमा मेडिकल परिक्षण गरेर पासपनि भइसकेको छ । तर, ओटामेन्डीलाई उसको नयाँ क्लबले क्लियर गरेपछि मात्रै डायसको स्थानान्तरण हुनेछ । ओटामेन्डी १३.७ मिलियन पाउन्डमा बेन्फिका जाने चर्चा छ ।

आइतबारमात्र बेन्फिकाले आफ्ना डिफेन्डरलाई छाड्ने औपचारिक जानकारी गराएको हो । डिफेन्डरले सिटीसँग औपचारिक रुपमा हस्ताक्षर गर्न बाँकी रहेको छ । २३ बर्षका बेन्फिकाका कप्तानले शनिबार राति प्राप्त जितमा क्लबका सहयात्री र क्लबका खेल निर्देशकसंग अंकमाल गर्दै बिदाईको संकेत गरेका थिए । डायसले बेन्फिकाबाट १ सय ३३ खेलमा १२ गोल गरेका छन् ।
आइतबार राति लेस्टर सिटीसँग ५–२ को लज्जास्पद हार बेहोरेसँगै सिटी डिफेन्सलाईन बलियो बनाउन डिफेन्डर अनुबन्ध गर्न दवाव बढेको छ । सिटीको चार विकल्पमध्ये डायस एक हो ।
सिटीले इटालियन क्लब नेपोलीका कालिदो कौलिबाली, स्पेनिस क्लब सेभियाका जुल्स कुन्डे र एट्लेटिको म्याड्रिडका जोसे जिमिनेज थिए । सिटीले अन्य भन्दा डायस उचित रहेको र उनको ८० मिलियन पाउन्डको रिलिज क्लजलाई ध्यानमा राखेको हो ।
डायसलाई अनुबन्ध गर्नको लागि म्यानचेस्टर सिटी, आर्सनल र युभेन्टसले पनि चासो देखाएका थिए । उमेर, प्रोफाइल र डिफेन्डरको गुणस्तरको हिसावे डायस क्लबका लागि फिट हुने प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]