5 years ago
September 29, 2020
एजेन्सी – बार्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिच विश्व फुटबलका महान हस्ती लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैसँग खेल्ने १४ औं खेलाडी बनेका छन् ।

यसै सिजन इटालियन च्याम्पियन युभेन्टसबाट बार्सिलोना पुगेका प्यानिचले आइतबार भिल्लारियलविरुद्ध बार्सिलोनाबाट डेब्यु गरे । उक्त खेलमा मेस्सीसँग मैदान उत्रिएका प्यानिचले त्यसअघि रोनाल्डोसँग युभेन्ट्समा खेलेका थिए । उनीसँगै बार्सिलोनाबाट युभेन्टस पुगेका ब्राजिलियन मिडफिल्डर आर्थर पनि मेस्सी र रोनाल्डो दुवैसँग खेल्ने दुर्लभ सुचिमा सामेल भए ।
डिफेन्डर :
अर्जेन्टिनी डिफेन्डर ग्याब्रीएल हाइन्ज विश्व फुटबलमा मेस्सी र रोनाल्डोसँग खेल्ने पहिलो खेलाडी थिए । उनले सन् २००५ देखि २०१० सम्म राष्ट्रिय टोलीमा मेस्सीसँग खेले । त्यसबीचमा सन् २००४ देखि २००८ सम्म उनी रोनाल्डोसँग पनि म्यानचेस्टर युनाइटेडको जर्सीमा देखिए ।
अर्जेन्टिनी डिफेन्डर इजेकेल गराएले अर्जेन्टिनाको राष्ट्रिय टोलीसँगै सन् २००९ देखि २०११ सम्म रियल म्याड्रिडमा रोनाल्डोको साथ दिएका थिए । गराएले मेस्सीसँग यु-२० विश्वकपको उपाधि जितेका थिए । अर्जेन्टिनाले सन् २०११ र २०१५ को कोपा अमेरिकामा उपविजेता तथा २०१४ मा विश्वकपको फाइनलमा पराजित हुँदा गराए र मेस्सी दुवै राष्ट्रिय टोलीमा थिए ।

बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके मेस्सी र रोनाल्डो दुवैसँग खेल्ने एकमात्र स्पेनी खेलाडी हुन् । उनी दुवै खेलाडीसँग रहेर च्याम्पियन्स लिग जित्ने पनि एक्ला खेलाडी हुन् । पिकेले रोनाल्डोसँग म्यानचेस्टर युनाइटेडमा तथा मेस्सीसँग बार्सिलोनामा खेल्दै सो उपलब्धि हासिल गरेका हुन् ।
नेल्सन सेमेडो पनि मेस्सी र रोनाल्डोसँग खेल्ने सुचिमा छन् । सेमेडोले पोर्चुगलको राष्ट्रिय टोलीबाट रोनाल्डोको कप्तानीमा यूईएफए नेसन्स लिग उपाधि जितेका थिए । बार्सिलोनाबाट मेस्सीसँग खेल्दा भने सेमेडोले दुई लिग उपाधिसँगै कोपा डेल रे र स्पेनिस सुपर कप जितेका थिए ।
मिडफिल्डर:
फर्नान्डो गागो र लिओनेल मेस्सीले सन् २००८ को बेजिङ ओलम्पिकमा फुटबलतर्फ स्वर्ण पदक जितेका थिए । रोनाल्डो रियल म्याड्रिडमा रहँदा सुरुवाती दुई वर्ष गागो पनि म्याड्रिड टोलीमा नै थिए ।
पोर्चुगलका मिडफिल्डरद्वय आन्द्रे गोमेस र डेकोले पनि दुवैसँग खेलेका छन् । रोनाल्डोसँग राष्ट्रिय टोलीमा साथ निभाएका यी दुईले बार्सिलोनामा मेस्सीसँग खेलेका थिए ।

फरवार्ड :
अर्जेन्टिनी फरवार्ड एन्जल डी मारिया, कार्लोस टेभेज, गोन्जालो हिगुआइन र पाउलो डिबालाले रोनाल्डोसँग क्लब स्तरमा सँगै खेलेका छन् । मेस्सीसँग राष्ट्रिय टोलीमा खेलेका यी खेलाडी फरक क्लबमा रोनाल्डोको सहयात्री बनेका छन् । डी मारियाले रियल म्याड्रिडमा साथ दिँदा टेभेज म्यानचेस्टर युनाइटेडमा रोनाल्डोसँग थिए । हिगुआइन र डिबाला भने युभेन्ट्समा रहँदा संगै थिए ।
हेनरिक लार्सनले पनि मेस्सी र रोनाल्डो दुवैसँग खेल्ने अवसर पाएका छन् । सन् २००६ को च्याम्पियन्स लिग जित्दा मेस्सी र लार्सन बार्सिलोनामा थिए । त्यसपछि अर्को सिजन लार्सन लोनमा म्यानचेस्टर युनाइटेड जाँदै रोनाल्डोसँग खेलेका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]