5 years ago
September 29, 2020
एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्था कारवाओ कपको चौथो चरणमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहम हट्सपर र लन्डन क्लब चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल टोटेनहम हट्सपर स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे हुनेछ । दुवै टोली पाँचौ चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । टोटनहमले तेस्रो चरणमा लिग टु क्लब लेटन ओरिएन्टबाट वाकओभर पाएपछि चेल्सीसँगको भेट पक्का गरेको हो ।
चेल्सीले च्याम्पियनसिप क्लब बार्न्सलीमाथि ६–० को फराकिलो जित निकाल्दै चौथो चरणमा स्थान बनाएको थियो । चेल्सीको जितमा काई हाभर्टजले ह्याट्रिक पुरा गरेका थिए । उनी नै टोलीका लागि हतियार हुनेछ । हाभर्टजसँगै चेल्सीसँग टिमो वेर्नरको पनि साथ रहेको छ ।
चेल्सीसँग मासन माउन्ट ट्याम्मी अब्राहम, जगिन्हो, एङ्गोलो कान्टे, माटियो कोभासिस, मार्काे अलन्सो, थियागो सिल्भा र रिस जेम्सलगायतका खेलाडी हुनेछन् । यस्तै नयाँ गोलरक्षक इडुआर्ड मेन्डी र डिफेन्डर बेन चिलवेलले चेल्सीबाट डेब्यु गर्ने सम्भावना रहेको छ । खराब समयबाट गुज्रिरहेका किपा एरिजावालगालाई प्रशिक्षक फ्रान्क लाम्पार्डले बेन्चमा राख्ने सम्भावना छ ।

यता, टोटेनहम पनि घरेलु मैदानमा चेल्सीलाई पराजित गर्दै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । चोटका कारण ग्यारेथ बेलले टोटेनहमबाट डेब्युको लागि कुर्नुपर्नेछ । ह्युङ मिन सनले पनि चोटका कारण खेल्ने सम्भावना न्युन छ । ह्यारी केन, लुकास मोउरा, जियोभानी लो सेल्सो, ह्यारी विङ्स, इरिक डाएर, बिन डेभिस, मात डोहर्थी र ह्युगो लोरिस टोटेनहमसँग रहनेछ ।
यि दुई टोलीको पछिल्लो २५ खेलको नतिजा हेर्दा इतिहास चेल्सीकै पक्षमा रहेको छ । चेल्सीले १३ खेलमा जित हात पार्दा टोटेनहम ५ खेलमा सफल भएको छ । ७ खेल बराबरीमा सकिएको छ । चेल्सी २०१९ जनवरीमा टोटेनहमसँग १–० ले पराजित भएयता पछिल्लो ४ खेलमा अपराजित रहेको छ । चेल्सी सोही जितको लयलाई निरन्तरता दिने दाउमा रहँदा टोटेनहम चेल्सीसँगको हारको श्रृंखला तोड्ने दाँउमा हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]