5 years ago
September 30, 2020
एजेन्सी – ला लिगाको प्रदर्शनलाई लिएर हामेस रोड्रिग्वेजले आफ्नो बचाउ गरेका छन् । कतिपय समर्थकले सामाजिक सञ्जालमार्फत रियल म्याड्रिडमा उनी असफल भएको टिप्पणी गरेका छन् ।

जिनेजिन जिदानले प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि कमै अवसर पाएका कोलम्बियन स्टारलाई त्यो समयका फ्लप खेलाडीका रुपमा हेरिन्छ । रोड्रिग्वेजले टोटल क्रुसको ट्विटलाई उल्लेख गर्दै त्यसमा जवाफ खेलेका छन् , ‘त्यस्तो खराब थिएन ।’
हामेसले सुरुवाती ३ सिजनमा राम्रै मौका पाएका थिए । सन् २०१४/१५ मा कार्लो एन्सेलाटीको प्रशिक्षणमा पहिलो सिजनमा रोड्रिग्वेजले १३ गोल गर्नुका साथै १३ एसिस्ट गरेका थिए । अर्को सिजन २६ खेल खेल्ने क्रममा उनले ८ गोल गर्दै ७ एसिस्ट गरे ।
it was not bad😝👍🏼 https://t.co/z5wmfb3wVZ
— James Rodríguez (@jamesdrodriguez) September 28, 2020
यस्तै २०१६/१७ को सिजनमा २२ खेल खेल्दै ८ गोलका साथै ६ एसिस्ट गरेका थिए । पछिल्लो सिजन मात्र ८ खेल खेल्ने मौका पाएका उनले मात्र गोल गरे भने एक एसिस्ट गरे । रियलमा मौका पाउने सम्भावना भएपछि उनी यहि सिजन इग्लिस क्लब एभर्टनमा आबद्ध भएका थिए ।

एन्सेलोटी बायर्न म्युखिनमा हुँदा पनि रोड्रिग्वेज लोनमा बायर्न पुगेका थिए । २०१४ को विश्व कपमा उच्च प्रदर्शन गरेपछि उनी रियलमा आबद्ध भएका थिए । यसै सिजन सुरुवातमा एभर्टन आएका हामेसले इंग्लिस लिगमा राम्रो सुरुवात गरेका छन् । सबै खेलमा पहिलो रोजाइमा रहेका उनको प्रभावशाली प्रदर्शनमा टोलीले शत प्रतिशत जितको नतिजा निकालेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]