5 years ago
September 30, 2020
एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणको खेलमा टोटेनहम हस्टपरले प्रिमियर लिग प्रतिद्धन्द्धी लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीमाथि ५–४ को जित हात पार्दै अघिल्लो चरणमा स्थान बनाएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा लिएको थियो । अन्तिम पेनाल्टीमा चेल्सीका मासन माउन्ट चुक्दा टोटेनहमका ह्यारी केनले निर्णायक गोल गरेका थिए ।
पेनाल्टीमा टोटेनहमका इरिक डाएर, इरिक लमेला, पिएर इमिल होजवर्ग, लुकाु मोउरा र ह्यारी केनले गोल गरे । चेल्सीका ट्याम्मी अब्राहम, सेसर एज्पिलिक्वेटा, जर्गिन्हो र इमर्सनले गोल गर्दा मासन माउन्टको प्रहारलाई ह्युगो लोरिसले बचाउदै टोटेनहमलाई जित दिलाए ।

त्यसअघि टोटेनहम हस्टपर स्टेडियममा भएको खेलमा पाहुना टोली चेल्सीले खेलको १९औं मिनेटमा टिमो वेर्नरको गोलबाट अग्रता लिएको थियो । टोटेनहमका लागि डेब्यु खेल खेलिरहेका सर्जियो रिगुइलोनबाट चेल्सीका कप्तान सेसर एज्पिलिक्वेटाले खोस्दै कलुम हड्सन ओडोईले दिएको पासलाई एज्पिलिक्वेटाले दिएको क्रस पासलाई टिमोले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट फिनिस गरेका थिए ।
२२औं मिनेटमा ग्ड्सन फर्नान्डेस चुक्दा टोटेनहम बराबरीमाबाट चुक्यो । ३५औं मिनेटमा सर्जि औरिएरको पासमा इरिक लमेलाले गरेको प्रहारलाई चेल्सीका लागि डेब्यु खेलिरहेका गोलरक्षक इडवार्ड मेन्डीले बचाए । ५०औं मिनेटमा सर्जियो रिगुइलोनको प्रहारमा गोलरक्षक मेन्डी नै बाधक बन्दा टोटेनहम बराबरीबाट चुक्यो ।
७३औं मिनेटमा टिमो वेर्नरको प्रहारलाई ह्युगो लोरिसले बचाएपछि चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो । ७७औं मिनेटमा जर्गिन्होको लामो पासलाई हड्सन ओडोईले नियन्त्रणमा लिन सकेनन् । ८३औं मिनेटमा इरिक लमेलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
सर्जियो रिगुइलोनको क्रस पासमा लमेलाले गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]