5 years ago
September 30, 2020
एजेन्सी – पोर्चुगल तथा पोर्चुगिज क्लब बेन्फिाकाका डिफेन्डर रुबेन डियास इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् ।

सिटीले क्लब इतिहासकै कीर्तिमानी मुल्य ६४.३ मिलियन पाउन्डमा सेन्टरब्याक डियासलाई ६ वर्षको लागि अनुबन्ध गरेको हो । यससँगै डियास क्लब इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । यसअघि २०१९ मा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट रोड्रीलाई अनुबन्ध गर्न ६३ मिलियन पाउन्ड खर्चेको थियो ।
२३ वर्षीय डियाससँगको सम्झौतामा सिटीका अर्जेन्टिनी डिफेन्डर निकोलस ओटामेन्डीलाई १३.७ मिलियन पाउन्डमा बेन्फिका पठाउने शर्त रहेको छ । उनी पनि बेन्फिकामा तीन वर्षको लागि अनुबन्ध भएका छन् । डियासले सिटी आउनु अघि नै पोर्चुगलको लिस्वनमा मेडिकल परिक्षण गराएका थिए ।

सिटीमा अनुबन्धित भएसँगै डियासले आफु जित्न मन पराउने खेलाडी रहेको र टोलीका लागि एक खेलाडी हुन पाउदा खुशी लागेको बताएका छन् । गतवर्ष बेल्जियन डिफेन्डर भिसेन्ट कम्पनीलाई गुमाएपछि सिटीको रक्षापङ्तिमा उनीजस्तै डिफेन्डरको अभाव महसुस गरिरहेको थियो ।

सिटीले इटालियन क्लब नेपोलीका कालिदो कौलिबाली, स्पेनिस क्लब सेभियाका जुल्स कुन्डे र एट्लेटिको म्याड्रिडका जोसे जिमिनेज रहेपनि डियास नै सिटीको मुख्य प्राथमिकतामा परेका थिए । डियासले बेन्फिकाबाट १ सय ३३ खेलमा १२ गोल गरेका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]