5 years ago
September 30, 2020
एजेन्सी – नयाँ सिजनको स्पेनिस ला लिगामा अपराजित रहेको गेटाफे शीर्षस्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रियल बेटिसमाथि ३–० को सहज जित दर्ता गर्दै गेटाफे ला लिगाको शीर्षस्थानमा उक्लिएको हो ।

घरेलु मैदान कोलिसियुम अलफन्सो पेरेज स्टेडियममा गेटाफेको जितमा एन्जल रोड्रिग्वेजले दुई तथा मार्क कुकुरेल्लाले एक गोल गरे । सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । गेटाफेको तीन गोलमा जुआन हर्नान्डेजले दुई असिस्ट दिएका थिए ।
खेलको १३औं मिनेटमा एलान नियोनको पासमा एन्जल रोड्रिग्वेजले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । सुरुवातमो उनको गोलले मान्यता नपाउदा भिएआरको सहायतामा एन्जलको गोलले मान्यता पाएको थियो । एक गोलले पछि परेपछि रियल बेटिसले बल पोजेसनमा बलियो पकड राखेपनि घरेलु टोलीको रक्षापङ्ति तोड्न सकेन ।

३९औं मिनेटमा मार्क कुकुरेल्लाले गोल गर्दै गेटाफेको अग्रता दोब्बर पारे । जुआन हर्नान्डेजको पासमा उनले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ४२औं मिनेटमा एन्जल रोड्रिग्वेजले गोल गरेपछि गेटाफेले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो । जुआन हर्नान्डेजको पासमा एन्जलले उत्कृष्ट फिनिस गरे ।
दोस्रो हाफमा पनि रियल बेटिसले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोल गर्न चुक्दा पराजत हुन पुग्यो । एन्टोनियो सानाब्रिया, नेविल फेकिर, सर्जियो क्यानालेस,जुआनमी, गुइडा रोड्रिग्वेज र विलियम कार्भाल्होको प्रहारमा गेटाफेका गोलरक्षक डेभिड सोरिया बाधक बने ।
जितसँगै अपराजित रहेको गेटाफे ३ खेलबाट ७ अंक जोडेर ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।४ खेलबाट समान ७ अंक रहेपनि भ्यालेन्सिया गोलअन्तरमा दोस्रो स्थानमा छ । ६ अंक जोडेको बेटिस तेस्रो स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]