5 years ago
September 30, 2020
एजेन्सी – जर्मन सुपर कपको उपाधिका लागि आज बुधबार राति जर्मन बुन्डेसलिगाका दुई ठूला महारथी बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल एलिएन्ज एरिनामा नेपाली सयमअनुसार राति १२ः१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बायर्न डर्टमुन्डलाई पराजित गर्दै सिजनको दोस्रो उपाधि जित्ने दाउमा हुनेछ । बायर्नले सिजनको सुरुवातमा २५ सेप्टेम्वरमा युइएफए सुपरकपमा स्पेनिस क्लब सेभियालाई पराजित गर्दै उपाधि जितेको थियो ।
तर, त्यसपछि जर्मन बुन्डेसलिगाको खेलमा टीएसजी होफेनहाइनसँग ४–१ ले पराजित भएको बार्यन डर्टमुन्डविरुद्ध सम्हालिएका खेल्नेछ । होफेनआइनसँगको हारको पिडा डर्टमुन्डविरुद्ध लिँदै बायर्न जितको लयमा फर्कने लक्ष्यमा हुनेछ ।
बायर्नसँग रोबर्ट लेवान्डोस्की, थोमस मुलर, सर्ज जिनाब्री, किङ्सले कोमन, जोसुआ किम्मिच, लियोन गोरेट्जका,निकलस सुल, जेरोमी बोएटिङ, लुकास हर्नान्डेज, बेन्जामिन पाभार्ड र कप्तान तथा गोलरक्षक म्यानुयल नोयरलगायतको खेलाडी हुनेछ । लिरोए सानेले ह्यामस्ट्रिङ इन्ज्युरीका कारण डर्टमन्डविरुद्धको खेल गुमाउन सक्नेछ ।

यता, डर्टमुन्ड पनि बायर्नलाई उसकै मैदानमा पराजित गर्दै सिजनको पहिलो उपाधि जित्ने दाउमा हुनेछ । बुन्डेसलिगाको खेलमा अग्सवर्गसँग २–० ले स्तब्ध भएको डर्टमुन्ड पनि बायर्नलाई पराजित गर्दै जितको लयमा फर्कन चहान्छ ।
अग्सबर्गविरुद्धको खेलमा नजमेका एर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चो नै टोलीको मुख्य हतियार हुनेछ । कप्तान मार्काे रिउसले चोटबाट पूनरागमन गर्न सक्नेछन् । राफयल गुरेरो, जुलियन ब्रान्ड्ट, लुकास्ज पिस्जिक, म्याट हमेल्स, इम्री क्यान र गोलरक्षक रोमन बुर्की रहनेछन् ।

यी दुई टोलीको पछिल्लो ३४ खेलको नतिजा हेर्दा बायर्न अघि देखिएको छ । बायर्नले १६ खेलमा सफलता हात पार्दा डर्टमुन्डले १२ खेले जितेको छ । ६ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई खेलमा बायर्नले डर्टमुन्डलाई हराएको छ । गत वर्षको सुपर कपमा डर्टमुन्डले बायर्नलाई २–० ले पराजित गर्दै उपाधि जितेको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]