5 years ago
September 30, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज (बुधबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको विजेता रियल म्याड्रिडले घरेलु मैदानमा रियल भालाडोलिडको आतिथ्यता गर्दा आज राति नै एट्लेटिको म्याड्रिडले एसडी हुएस्कासँग प्रतिस्पर्धा गर्दैछ ।

रियल म्याड्रिड र रियल भालाडोलिडबीचको खेल अल्फ्रेडो डि स्टफानोमा नेपाली समयअनुसार राति १ः१५ बजे हुनेछ । भालाडोलिडलाई पराजित गर्दै रियल म्याड्रिड शीर्षस्थानको गेटाफे र भ्यालेन्सियासँगको अंक दुरी बराबरी गर्ने योजनामा हुनेछ । अपराजित रियलको दुई खेलबाट ४ अंक छ । गेटाफेको ३ खेलबाट ७ तथा भ्यालेन्सियाको ४ खेलबाट ७ अंक रहेको छ ।
भालाडोलिडविरुद्ध रियलले करिम बेन्जेमा, भिनिसियस जुनियर, इस्को, क्यासमिरो, फेडरिको भाल्भेर्डे, लुका मोड्रिच, सर्जियो रामोस, राफयल भरान, ड्यानियल कार्भाजल, फर्लान्ड मेन्डी र थिवाउट कोर्टुवालाई पहिलो रोजाईमा उतार्न सक्नेछ ।
मार्सेलो, रोड्रिगो, मार्टिन ओडगार्ड, लुकास भास्क्वेजलाई सब्सिच्युट खेलाडीको रुपमा उतार्न सक्नेछ । फिटनेसका कारण इडेन हाजार्डले खेल्ने सम्भावना न्युन छ । चोटका कारण मिडफिल्डर टोनी क्रुस भालाडोलिडविरुद्ध हुनेछैन ।
यता, भालाडोलिड रियललाई उसकै मैदानमा स्तब्ध पार्दै अंक लिने दाँउमा हुनेछ । तीन मध्ये दुई खेलमा बराबरी र एक खेल हारेको भालाडोलिड पहिलो जितको खोजीमा हुनेछ । तर बलियो रियल म्याड्रिडविरुद्धको खेल भालाडोलिडलाई सहज हुनेछैन ।
सर्गी ग्वार्डिओला, ओस्कर प्लानो, वाल्डो रुवियो, जाभी सान्चेज र रोबर्टाे लगयातका खेलाडी भालाडोलिडसँग हुनेछ । भालाडोलिड २ अंक जोडेर १६औं स्थानमा रहेको छ ।
यि दुई टोली हालसम्म आठपटक आमने सामने हुदा रियल ६ खेलमा विजयी हुदा २ खेल बराबरीमा सकिएको छ । रियल सोही लयलाई निरन्तरता दिने दाउमा रहँदा भालाडोलिड रियलविरुद्ध पहिलो जितको लक्ष्यमा हुनेछ ।
अन्य खेल
एसडी हुएस्काविरुद्ध एट्लेटिको म्याड्रिड (राति १०ः४५ बजे), भिल्लारियलविरुद्ध डिपोर्टिभो एलाभेस (राति १०ः४५ बजे), एइवरविरुद्ध इल्चे (राति १ः१५ बजे)
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]