default_image

5 years ago

September 30, 2020

म्यानचेस्टर सिटी र बर्नली खेल्दै

176 views

0 Bookmark

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्था कारवाओ कपको चौथो चरणमा प्रिमियर लिगमा दुई क्लब म्यानचेस्टर सिटी र बर्नलीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बर्नलीको मैदान टर्फ मुरमा नेपाली समयअनुसार राति ११ः४५ बजे शुरु हुनेछ । घरेलु टोली बर्नलीलाई पराजित गर्दै सिटी कारवाओ कपको पाँचौ चरणमा पुग्ने दाउमा हुनेछ । तर, मुख्य खेलाडीहरु चोटसँग जुधिरहेका कारण टोलीलाई बर्नलीविरुद्धको खेल सहज हुनेछैन ।

ग्याब्रियल जेसस, बर्नार्डाे सिल्भा, इल्केए गुन्डोगान, जोओ क्यान्सिलो, जोन स्टोन्स र सर्जियो अगुइरो चोटका कारण टोलीसँग उपलब्ध हुनेछैन । सिटीसँग रहिम स्ट्रलिङ, रियाद महारेज, केभिन डि ब्रुयन, फिल फोडेन, फर्नाडिन्हो, रोड्री, नाथम एके, केएल वाल्कर, इरिक गार्सिया, बेन्जामिन मेन्डी र गोलरक्षक इडर्सन मोराइसको साथ रहनेछ ।

यता, चोटसँग जुधेर संघर्ष गरिरहेको सिटीलाई पराजित गर्दै बर्नली पनि पाँचौ चरण पुग्ने लक्ष्यमा हुनेछ । क्रिस वुड, एस्ले वेस्टवुड, केभिन लङ, जिम्मी डुम्नी, चार्ली टेलर र निक पोपे टोलीसँग रहनेछ ।

यि दुई टोली हालसम्म १२ पटक प्रतिस्पर्धा गर्दा ९ खेलमा सिटी विजयी भएको छ । एक खेल बर्नली आफ्नाृ पक्षमा पार्दा दुई खेल बराबरीमा सकिएको छ । बर्नली २०१५ को प्रिमियर लिगमा सिटीलाई १–० ले पराजित गरेको थियो । त्यसयताको १० खेल मध्ये सिटी ९ खलेमा विजयी भएको छ ।

अन्य खेल

ब्राइटनविरुद्ध म्यानचेस्टर युनाइटेड (राति १२ः३० बजे), एभर्टनविरुद्ध वेस्टह्याम (राति १२ः३० बजे)

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.