default_image

5 years ago

September 30, 2020

मेस्सीको ध्यान बार्सिलोनामै

126 views

0 Bookmark

एजेन्सी – लिओनल मेस्सीले आफ्नो उच्च प्राथमिकतामा बार्सिलोना रहेको स्वीकार गरेका छन् । अर्जेन्टिनी सुपर स्टार मेस्सीले गत महिना सबैलाई आश्चार्यमा पार्दै क्लब छाड्ने अनुमती दिन पत्राचार गरेका थिए ।

तर, उनको चाहना अनुसार क्लबले छाड्न नमानेपछि इच्छा नहुँदा पनि मेस्सी बाँकी सम्झौताका लागि बार्सिलोनामै बस्न तयार भएका हुन् ।

‘थुप्रै असहमतिका बीचमा पनि यो अभियानलाई अन्तिम सम्म लान चाहन्छु । बार्सिलोनाका सबै एकै ठाँउमा आउनुपर्दछ जसले अघि बढ्न सकिन्छ,’ उनले भने, ‘धैर्यता र उत्साहले हामी लक्ष्यमा पुग्दै थप उपलब्धि हासिल गर्न सक्छौं । सहि दिनका लागि हामी एक भएर अघि बढ्न पर्दछ ।’

मेस्सीले आफ्नोतर्फबाट केहि गल्ति भए त्यसको जिम्मेवारी लिने पनि बताएका छन् । ‘यदि कोहि पनि उत्साहित छ भने त्यो बार्सिलोना अझै उत्कृष्ट र बलियो बनाउनका लागि हो,’ उनले थपे, ‘म हाम्रा सबै सदस्यलाई सन्देश दिन चाहन्छु । हामीलाई साथ दिनुहोला । कुनै बेला प्रस्ताव आए होलान् । अब त्यसमा द्धिविधा नराखौं । क्लबलाई कसरी राम्रो गर्न सकिन्छ भन्नेमा म केन्द्रित छु ।’

बार्सिलोनाले लिगको पहिलो खेलमा भिल्लारियललाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ । अन्सु फाती र मेस्सीको तालमेल मिलेको खेलमा बार्सिलोनाले बलियो भिल्लारियलमाथि दवाव कायम गरेको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.