default_image

4 years ago

October 3, 2020

हाजार्ड फेरी घाइते!

एजेन्सी – चोटसँग जुधिरहेका स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन मिडफिल्डर इडेन हाजार्ड पुन: चोट बोक्दै कम्तीमा पनि चार साता मैदान बाहिर रहनेका भएका छन् । प्रशिक्षण दौरान दायाँ खुट्टाको मांशपेशीमा चोटका कारण हाजार्ड कम्तीमा पनि तीन देखि चार साता मैदान बाहिर रहने क्लबले पुष्टि गरेको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानले मंगलबार मात्रै रियल भालाडोलिडविरुद्धको […]

31 views

0 Bookmark

एजेन्सी – चोटसँग जुधिरहेका स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन मिडफिल्डर इडेन हाजार्ड पुन: चोट बोक्दै कम्तीमा पनि चार साता मैदान बाहिर रहनेका भएका छन् ।

प्रशिक्षण दौरान दायाँ खुट्टाको मांशपेशीमा चोटका कारण हाजार्ड कम्तीमा पनि तीन देखि चार साता मैदान बाहिर रहने क्लबले पुष्टि गरेको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानले मंगलबार मात्रै रियल भालाडोलिडविरुद्धको खेलमा उनलाई टोलीमा समेटेका थिए ।

गत अक्टोबरदेखि चोट बोकेका हाजार्डले कोरोना महामारीपछि सुरु भएको स्पेनिस ला लिगामा पूनरागमन गरेपनि पुन: चोट बोक्न पुगेका थिए । त्यसयता उनी टोली बाहिर रहँदै आएका छन् । पछिल्लो समय अफ सिजनमा तौल बढेको कारण आलोचित हुँदै आएका हाजार्ड चोटबाट ठिक भएर प्रशिक्षणमा फर्केका थिए । तर पुन: चोट लागेपछि उनको पुनरागमन प्रतीक्षा लम्बिएको छ ।

गत सिजनको समरमा इंग्लिस क्लब चेल्सीबाट म्याड्रिड आएका उनले रियलबाट मात्रै २२ खेल खेलेका छन् । अघिल्लो सिजन अधिकांश समय उनी मैदानबाहिर नै रहेका थिए । त्यसका बाबजुद क्लबले स्पेनिस लिगको उपाधि जितेको थियो ।

चोट बोकेसँगै रियलमा २९ वर्षीय हाजार्डको दोस्रो सिजन पनि उल्लेख्य हुनेमा शंका गरिएको छ । अब उनी अक्टोवर दोस्रो साता हुने अन्तर्राष्ट्रिय विश्राम पछि मात्रै रियलको टोलीमा समावेश हुन सक्नेछन् । उनले सिजनको पहिलो एल क्लासिको समेत गुमाउने देखिएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.