default_image

5 years ago

September 30, 2020

खेल हुँदाहुँदै शौचालय गएपछि..

217 views

0 Bookmark

एजेन्सी – खेल चलिरहेको अवस्थामा खेलाडीलाई शौचालय जानुपरेको अवस्थामा धेरैले हाफको अन्त्यसम्म कुर्छन् । तर मंगलबार चेल्सी र टोटेनहमबीच भएको काराबाओ कपको खेलमा डिफेन्डर एरिक डाएरले रोक्न सकेनन् र खेल छाडेर शौचालयतर्फ लागे ।

खेलको ७६ औं मिनेट चलिरहँदा टोटेनहम चेल्सीसँग १-० ले पछि परेको थियो । टोटेनहमका मुख्य डिफेन्डर रहेका डाएर एक्कासी मैदान छाडेर ड्रेसिङ रुमतर्फ गए । आफ्नो खेलाडी एक्कासी मैदान छाडेपछि प्रशिक्षक जोसे मोउरिन्हो पनि उनकै पछि कुद्दै भित्र पसे । तर डाएर दुई मिनेट नबित्दै पुन: मैदान फर्किए । उनको पछिपछि मोउरिन्हो पनि बेन्चमा आए ।

खेलको ८३ औं मिनेटमा टोटेनहमले गोल फर्कायो । टिमो वेर्नरको गोलमा पहिलो हाफमा अग्रता लिएपनि चेल्सीले टाइब्रेकर भने पराजय भोग्नुपर्यो । दोस्रो हाफमा मैदान छाडेर बाहिर गएका डाएरले टाइब्रेकरमा पहिलो प्रहार गर्दै गोल समेत गरेका थिए । चेल्सीको अन्तिम प्रहार गरेका मेसन माउन्ट चुक्दा चेल्सी ५-४ ले पराजित भएको थियो । डाएरले जितको खुसी मनाउनु अघि माउन्टलाई सहानुभूति समेत दिए ।

डाएर खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले खेलपछि आफ्नो म्यान अफ द म्याच ट्रफीलाई शौचालयमा राखेको तस्बिर राख्दै मजाक समेत गरेका थिए । उनले तस्बिरमा क्याप्सन लेखेका थिए, ‘द रियल म्यान अफ द म्याच’ अर्थात म्यान अफ द म्याचको असली हकदार ।

खेलपछि डाएरलाई मैदान छाडेका कारणबारे सोध्दा उनको उत्तर यस्तो थियो, ‘ जब तपाईंलाई जानुपर्छ, तब जानैपर्छ । मैले आइतबार खेल खेलेर आज फेरी पूरा खेल्दा सहज अवस्था थिएन । प्रशिक्षक मेरो निर्णयलाई लिएर पक्कै खुसी थिएनन् । धन्न टोलीले गोल खाएन र हामी समस्यामा परेनौं ।’

यता प्रशिक्षक मोउरिन्होले खेलाडीको प्रशंसा गर्दै उक्त घटनाबारे यस्तो अभिव्यक्ति दिए । ‘समस्या यो थियो की उनलाई पिसाब लागेको थिएन । डाएरलाई जे भयो त्यो सामान्य थिएन । मैले उनको विशेष प्रशंसा गर्नेपर्छ,’ उनले भने, ‘कुनैपनि खेलाडीले ४८ घन्टाको अन्तरमा २ खेल खेल्नुपर्छ भने समस्या आउनु स्वभाविक हो । हाम्रो सबै खेलाडी परिवर्तन सकिएको थियो र १० खेलाडीमात्र खेल्नु सहज थिएन । म उनलाई छिटो सक्काउन दबाब दिन भित्र गएको थिएँ ।’

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.