default_image

5 years ago

October 5, 2020

बार्सिलोनाको प्रदर्शनबारे कोम्यानको चर्चा

161 views

0 Bookmark

एजेन्सी – ला लिगाका सुरुवाती दुई खेलमा शत प्रतिशत नतिजा निकालेको बार्सिलोनाले तेस्रो खेलमा बराबरी मात्र गर्न सक्यो । सेभिल्लासँग आइतबार १–१ को बराबरीपछि बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले खुलेर टोलीको प्रदर्शनको समिक्षा गरेका छन् ।

टोलीको खेलबाट सन्तुष्ट नै देखिएका डच प्रशिक्षकले कहाँ कहाँ कमजोरी रहेको भन्ने पनि प्रष्ट पार्न चाहे । त्यहि क्रममा उनले सेभिल्लाको प्रदर्शनको चर्चा पनि गरे । ‘खेल कठिन थियो । उनीहरुले हामीलाई दबाबमा राखे । जसरी हामीले खेल्न चाहेका थियौं त्यसरी सकेनौं हाम्रो समस्या त्यहि भयो’, कोम्यानले खेलपछि भने, ‘उनीहरुले राम्रो फुटबल खेले । शारीरिक रुपमा उनीहरुले हामीमाथि दबाब बनाइराखे । उनीहरु हामी भन्दा माथि देखिए ।’

कोम्यानले सेभिल्लालाई माथिल्लो स्तरको टोली भन्न छुटाएनन् । ‘मलाई लाग्छ हामीले राम्रो खेल्यौं । तर दोस्रो हाफमा धेरै समय हामीले बल नियन्त्रणमा राख्न सकेनौं । त्यस कारण पनि हामीले खेलमा लय बनाउन सकेनौं’, उनले विश्लेषण थियो, ‘म खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु । टोली थकित थियो । तर हामीले अन्तिम सम्म पनि लड्यौं । हामीले उत्कृष्ट प्रतिद्वन्द्विसँग खेल्यौं ।’

फिलिपे कौटिन्होको गोलमा बार्सिलोनाले बराबरी गरेको थियो । कोम्यानको प्रशिक्षणमा कौटिन्होले सबै खेलमा पहिलो रोजाईमा खेलिरहेका छन् । ‘उनलाई आत्मविश्वासका लागि आफ्नो प्रशिक्षकबाट सहयोग चाहेका छन् । तर उनीले त्यहि अनुसार प्रदर्शन पनि गर्नुपर्ने हुन्छ’, कोम्यानले कौटिन्होका तारिफ गर्दै भने, ‘उनले राम्रो खेलिरहेका छन् । उनको प्रदर्शनले पनि उनी उत्कृष्ट खेलाडी भएको देखाउँछ ।’

अर्कोतर्फ लगातार दोस्रो खेलमा कोम्यानले एन्टोइन ग्रिजमनलाई परिवर्तन गरेका थिए । सेल्टा भिगोविरुद्धको परिवर्तन ट्याकटिकल थियो । ‘त्यो खेलमा अन्सु फातीले दबाब सृजना गरिरहेका थिए । भिगोविरुद्ध हामीले १० खेलाडी भएपछि ग्रिजमनलाई परिवर्तन गरेका थियौं, उनले भने, ‘सेभिल्लाविरुद्ध ग्रिजमनले कम्तीमा एक गोल गर्नुपर्ने कोम्यानको बताए । उनले दुई वटा मौका पाएका थिए । त्यो स्तरको खेलाडीले कम्तीमा २ वटा मौकामा एउटा गोल गर्नै पर्थ्यो ।’

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.