default_image

5 years ago

October 6, 2020

कोष्टा पुनः बायर्नमा

181 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन विंगर डग्लस कोस्टा पुनः जर्मन क्लब बायर्न म्युनिख फर्किएका छन् । बायर्नले इटालियन क्लब युभेन्ट्सका कोस्टालाई एक सिजनको लागि लोनमा अनुबन्धित गरेको जनाएको छ ।

३० वर्षीय कोस्टा दुई वर्षपछि जर्मन क्लबमा फर्किएको हो । कोस्टा २०१७ मा लोनमा इटालियन क्लब युभेन्टस पुगेका थिए । बायर्नमा अनुबन्ध भएसँगै कोस्टाले बायर्नबाट पुनः खेल्न पाउँदा म धेरै खुशी रहेको बताएका छन् ।

त्यसको अर्को सिजन युभेन्ट्सले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । उनले यो सिजन युभेन्टसबाट दुई खेल खेलिसकेका छन् । कोस्टाले युभेन्ट्सका लागि उनले १ सय ३ खेलमा १० गोल गरेका छन् ।

पहिलो सिजन लोनमा उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्टसले स्थायी रुपमा अनुबन्ध गरेपछि चोटका कारण कोस्टाले सोचुअनुरुपको प्रदर्शन गर्न सकेनन् । उनले दुई सिजनमा ५४ खेल खेल्दा मात्रै ४ गोल गर्न सफल भएका थिए । गत सिजन उनले युभेन्टसका लागि २९ खेल खेल्दै ३ गोल गर्दा ७ असिस्ट दिएका थिए ।

२०१५ मा युक्रेनी क्लब साख्तर डोनेक्सबाट बायर्न आएका थिए । उनले बायर्नमा तीज सिजन बिताउदा ७७ खेलमा १४ गोल गरेका थिए । २०१४ देखि ब्राजिलको राष्ट्रिय टोलीमा रहेका कोस्टाले ३१ खेलमा ३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.