5 years ago
October 6, 2020
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का क्यामरुनी फरवार्ड इरिक म्याक्सिमा चौपो मोटिङलाई अनुबन्ध गरेको छ ।

बायर्न ३१ वर्षीय फरवार्डलाई एक सिजनका लागि फ्रि एजेन्टमार्फत अनुबन्ध गरेको हो । मोटिङको सम्झौता गत सिजनको अन्त्यसँगै सकिएको थियो । ‘बायर्नका लागि कसले खेल्न चाहदैन ?’ मोटिङले बायर्नमा अनुबन्ध भएपछि भने, ‘बुन्डेसलिगा र जर्मनीको सबैभन्दा ठुलो क्लबमा अनुबन्ध हुन पाउदा खुशी लागेको छ ।’
मोटिङले ह्यामवर्ग, मेइन्ज र साल्केबाट खेल्दै प्रिमियर लिग स्टोक सिटीमा पुगेका थिए । स्टोकमा उनले ५ गोल गरेपनि स्टोक रेलिगेसनमा परेपछि २०१८ मा फ्रि ट्रान्सफरमार्फत पीएसजी पुगेका थिए । तर उनले पीएसजीमा उनले सुरुवाती रोजाईमा अवसर पाएनन् । पीएसजीसँग नेयमार र एमबाप्पेलगायतका विश्वस्तरीय खेलाडीहरु रहेको थियो ।

उनले गत अगस्टमा भएको च्याम्पियन्स लिगमा एटलान्टाविरुद्धको खेलमा सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गर्दै अन्तिम समयमा गोल गर्दै पीएसजीलाई फाइनलको यात्रा तय गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर, उनको टोली बायर्नसँग फाइनलमा १–० ले पराजित हुदै उपाधिविहीन बनेको थियो ।
‘यो क्लबको लागि खेल्नु सम्मानको कुरा हो । मोटिङले भने, ‘बायर्नमा सबै चीज जित्ने लक्ष्य सधै हो । म यि लक्ष्यहरु प्राप्त गर्न सधै प्रोत्साहित छु ।’
बायर्नका स्पोर्टिङ डाइरेक्टर हसन सलिहामिदजिकले इरिकले बायर्नमा राम्रो गर्न सक्ने बताएका छन् । उनले पीएसजीका राम्रो अनुभव हासिल गरेका छन् । उनले बुन्डेसलिगा जान्दछ । सबै कुरा मिलिरहेको छ ।’
मोटिङले पीएसजीबाट दुई सिजन खेल्दा ५१ खेलमा ९ गोल गरेका छन् । उनले पीएसजीबट दुईपटक लिग वान र समान एकपटक कप डि फ्रान्स र कप डि लिग जितेका छन् ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]