5 years ago
October 6, 2020
एजेन्सी – इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका मिडफिल्डर थोमस पार्टीलाई अनुबन्ध गरेको छ ।

आर्सनलले घानाका मिडफिल्डरलाई ४५ मिलियन पाउन्डमा समर ट्रान्सफर (खेलाडी सरुवा) को डेडलाइन डेको अन्तिम दिन अनुबन्ध गर्न सफल भएको हो । उनले आर्सनलमा १८ नम्वरको जर्सी प्रदान गरिएको क्लबले जनाएको छ ।
आर्सनलले यसअघि नै पार्टीलाई अनुबन्ध गर्न चासो देखाएपनि डेडलाइन डे मा मात्रै अनुबन्ध गर्न सफल भएको हो । इएसपिएनका अनुसार २७ वर्षीय मिडफिल्डरलाई ४ वर्षको लागि अनुबन्ध गरिएको र थप पनि हुन सक्ने बताइएको छ ।
आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले क्लबको अफिसियल वेवसाइटमा क्लबले स्तरीय खेलाडी अनुबन्ध गर्न सफल भएको बताएको छ । ‘उनले एट्लेटिको म्याड्रिडबाट स्पेनिस ला लिगा र च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरिरहेका छन् । हामी उनको प्रदर्शनबाट प्रभावित छौं । उनले आर्सनलका लागि केही गर्न सक्नेछन् ।’ प्रशिक्षक अर्टेटाले भने ।
पार्टी अन्तर्राष्ट्रिय ब्रेकपछि आर्सनलको प्रशिक्षण जोडिनेछ । पाटी आर्सनलमा अनुबन्ध हुदा आर्सनलका मिडफिल्डर लुकास टोरेइरा एक सिजनको लागि लोनमा एट्लेटिको पुगेका छन् । यस्तै आर्सनलका माटियो गुइनडोउजी जर्मन क्लब हर्था बर्लिनमा लोनमा अनुबन्ध भएका छन् ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]