default_image

5 years ago

October 6, 2020

काभानी म्यानचेस्टरमा !

156 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले उरुग्वेका फरवार्ड इडिन्सन काभानीलाई फ्रि एजेन्टमार्फत क्लबमा अनुबन्ध गर्न सफल भएको छ ।

युनाइटेडले समर ट्रान्सफर (खेलाडी सरुवा) को डेडलाइन डेको अन्तिम दिन अनुबन्ध गर्न सफल भएको हो । युनाइटेडले ३३ वर्षीय फरवार्डलाई दुई वर्षको लागि प्रतिसाता २ लाख १० हजार मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो ।

युनाइटेडमा अनुबन्ध भएसँगै काभानीले युनाइटेड विश्वको उत्कृष्ट मध्येको टोली रहेको र त्यसमा आबद्ध हुन पाउदा खुशी रहेको र क्लबमा आफ्नो भुमिका निभाउने बताएका छन् । ‘मैले आफ्नो खेल करियरको बखत फुटबलका केही जोशिला समर्थकहरुको अगाडि खेलेको छु । मलाई थाहा छ कि यो म्यानचेस्टरमा पनि त्यस्तै हुनेछ । म ओल्डट्राफोर्डको वातावरणको अनुभव कुर्न सक्दिन । जब प्रशंसकहरुका फर्कन सुरक्षित हुन्छन् ।’ काभानीले भने ।

काभानीलाई युनाइटेडमा राडामेल फल्काओ र एलेक्सिस सान्चेज जस्तै फ्लप हुन सक्ने आँकलन समेत गरिन थालेको छ । तर, क्लबले उनको विशेषता बुझ्दै उनलाई अनुबन्ध गर्न सफल भएको हो ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सर्वाधिक गोलकर्ता समेत रहेका काभानीले ३०१ खेलमा २०० गोल गरेका छन् । उनले ११६ अन्तर्राष्ट्रिय खेलमा ५० गोलको आँकडा पार गरेका छन् ।
उनले २० अक्टोवरका आफ्नो पुर्व क्लब पीएसजीविरुद्ध च्याम्पियन्स लिगको समूह चरणमा खेल्न सकने छ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.