default_image

5 years ago

October 6, 2020

रियलमा बेन्जेमाको महत्व

194 views

0 Bookmark

एजेन्सी – करिम बेन्जेमा रियल म्याड्रिडका महत्वपूर्ण खेलाडी हुन् । दुई वर्षअघि क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि टोलीको अग्रपंक्तिको धेरै जिम्मेवारी बेन्जेमाको काँधमा गयो ।

अझ आशा गरिएका इडन हाजार्डले चोट र अन्य कारणले उच्च प्रदर्शन गर्न नसकेपछि बेन्जेमामाथि झनै बढी दबाब थियो । बेन्जेमा त्यसमा खरो उत्रिए । रियलले गत सिजन ला लिगा उपाधि जित्दा उनको भूमिका अहम रह्यो ।

आधुनिक फुटबलमा गोल गर्नुलाई मात्र होइन पुरा टोलीलाई सहयोग गरेर खेल्नुलाई बढी अर्थपूर्ण मानिन्छ । बेन्जेमा त्यस्तै एक हुन् । उनले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् । उनले रियलबाट अर्को कोसेढुंगा पार गरेका छन् ।

आइतबार रियलले लेभान्तेलाई २–० ले हराउँदा बेन्जेमाले दोस्रो गोल गरेका थिए । रियलका लागि त्यो उनको २ सय ५० औं गोल थियो ।
बन्जेमा स्ट्राइकरले जति सक्दो टोलीको खेलमा योगदान गर्नुे पर्नेमा जोड दिन्छन् । उनी सहकार्मीहरुलाई सहयोगी हुनुपर्ने बताउँछन् ।

‘म खुसी छु । आफ्नो गोलमा मलाई गर्व छ । हामीले क्लबका लागि गरेको प्रदर्शनमा नि मलाई उत्तिकै गर्व छ । किनकी लगातार मेहनत गरेर टोलीका लागि गोल गर्नु साच्चै गौरवको विषय हो, ‘उनले भने,’मान्छेहरुले फुटबललाई आ आफ्नो ढंगले हेर्छन । कतिले गोलमा मात्र ध्यान दिन्छन् । तर फुटबलमा पासको पनि त्यतिनै महत्व हुन्छ । म फरवार्ड हुँ र गोल पनि गर्छु नै ।’

बेन्जेमा रियलको इतिहासमा सर्वाधिक गोलकर्ताको पाँचौ स्थानमा छन् । शीर्षस्थानमा रहेको रोनाल्डोले ४ सय ५१, राउल गोन्जालेजले ३ सय २३, अल्फेर्डो डि स्टेफानोले ३ सय ८ र कार्लोस सान्टिलानाले २ सय ९० गोल गरेका छन् ।

रियलका लागि १२ सिजन खेलिरेहका बेन्जमाले क्लबबाट ५ सय १७ खेल खेल्दै १९ उपाधि जितेका छन् । लेभान्तेविरुद्धको गोल बेन्जमाको जारी सिजनमा पहिलो गोल हो । गत सिजन उनले क्लबका लागि २१ गोल गर्नुका साथै ८ एसिस्ट गरेका थिए । तीन वर्षपछि रियल गत सिजन ला लिगा जित्न सफल भएको थियो ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.