default_image

5 years ago

October 6, 2020

एकैपटक दुई राष्ट्रिय टोलीमा परेपछि..

134 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सका विंगर एडामा ट्राओरे एकै समयमा दुई फरक राष्ट्रिय टोलीमा परेका छन् । यसै साता हुने अन्तर्राष्ट्रिय खेलका लागि स्पेन र मालीको राष्ट्रिय टोलीले ट्राओरेको नाम आ-आफ्नो टोलीमा घोषणा गरेका हुन् ।

मालीले यसै साता घाना र इरानसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । प्रशिक्षक मोहमद मगसौबाले ट्राओरेलाई समेत राष्ट्रिय टोलीमा समेटेका थिए । स्पेनका लागि उमेर समूह फुटबल खेलेपनि सिनियर टोलीमा भने ट्राओरेले अवसर पाएका थिएनन् । उनको आमा-बुबा दुवै मालीका नागरिक भएपनि ट्राओरेको जन्म स्पेनमा भएको थियो । त्यसैले उनले जुनै टोलीबाट पनि खेल्न पाउँछन् ।

पछिल्लो १८ महिनायता स्पेन र मालीबीच ट्राओरेलाई आफ्नो राष्ट्रबाट खेलाउन कडा प्रतिस्पर्धा भइरहेको थियो । स्पेनले यसअघि दुई पटक उनलाई टोलीमा समेटेपनि उपस्थित हुन भने सकेका थिएनन् । पहिलो पटकमा चोट कारण अनुपस्थित उनी दोस्रो पटक भने कोरोना संक्रमणका कारण डेब्यु गर्नबाट चुकेका थिए । यसपटक भने मालीले आफ्नो टोलीमा समेटेपनि ट्राओरे स्पेनी टोलीबाट नै प्रशिक्षणमा सहभागी भएका छन् ।

बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्केका ट्राओरेले यसअघि भने आफू जुनसुकै राष्ट्रबाट पनि खेल्न तयार रहेको बताएका थिए । ‘मैले जुन टोलीबाट खेलेपनि राम्रो प्रदर्शन गर्नका लागि मिहिनेत गर्नेछु । मैले दुई राष्ट्रबीच कुनै एक रोज्ने अवसर पाउँदा खुसी छु । दुवै टोलीलाई मलाई मौका दिन खोजेकोमा आभारी छु । स्पेन म जन्मेको देश हो भने माली मेरो पूर्वजहरुको देश,’ उनले भनेका थिए ।

फिफाको नियमअनुसार सिनियर टोलीमा कुनैपनि राष्ट्रको प्रतिनिधित्व गरेका खेलाडीले अर्को टोलीमा खेल्न नपाउने प्रावधान थियो । तर पछिल्लो महिना फिफाले नियम परिमार्जन गर्दै २१ वर्षभन्दा कम उमेरमा तीन ओटासम्म खेल खेलेको अवस्थामा पनि खेलाडीले अर्को राष्ट्रबाट खेल्न पाउनेछन् । विश्वकप वा महादेशीय प्रतियोगिता खेलेको हकमा भने राष्ट्र परिवर्तन गर्न पाइनेछैन ।

२४ वर्षीय ट्राओरे सोमबार नै स्पेनको प्रशिक्षणमा सहभागी भएका छन् । उनले अब अक्टोबर १० मा स्विटजरल्यान्ड अथवा तीन दिनपछि युक्रेनविरुद्ध खेलेको खण्डमा मालीको प्रतिनिधित्व गर्न पाउने छैनन् ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.