5 years ago
October 7, 2020
एजेन्सी – इंग्लिस क्लब चेल्सीका जर्मन फरवार्ड टिमो वेर्नरले टर्कीविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल गुमाउने भएका छन् । जर्मनीले युइएफए नेसन्स लिगको दुई खेल अघि आज बुधबार राति टर्कीसँग घरेलु मैदानमा टर्कीसँग खेल्ने तालिका छ ।

जर्मनीका प्रशिक्षक जोचिम लोका सहायक प्रशिक्षक मार्कुस सोर्गले फिवर समस्याका कारण वेर्नर टर्कीविरुद्धको खेलमा उपलब्ध नहुने बताएका छन् । वेर्नरले गत शनिबार प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ४–० को जित निकालेको खेलमा पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
तर, फिवर समस्याका कारण उनले कोल्नमा हुने टर्कीविरुद्धको मैत्रीपुर्ण खेल गुमाउनेछ । प्रशिक्षक सोर्गले उनी टोलीको नियमित सम्पर्कमा रहेको र नेसन्स लिगको दुई खेलको लागि उनी उपलब्ध हुने बताएका छन् । जर्मनीले १० अक्टोवरमा युक्रेन र १३ अक्टोवरमा स्वीट्जरल्यान्डसँग खेल्ने तालिका छ ।
यसै समरमा जर्मन क्लब आरबी लाइप्जिगबाट ५० मिलियन पाउन्डमा चेल्सी पुगेका २४ वर्षीय वेर्नरले जर्मनीका लागि ३१ खेलमा १२ गोल गरेका छन् । उनी २०१७ देखि जर्मनीका राष्ट्रिय टोलीमा नियमित रहँदै आएका छन् ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]