5 years ago
October 7, 2020
एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखका प्लेमेकर मारियो गोट्जे फ्रि ट्रान्सफरमा डच क्लब पीएसभी आइन्डोभेन पुगेका छन् ।

डच क्लब पीएसभीले २८ वर्षीय प्लेमेकरलाई दुई वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । २०१४ मा जर्मनीलाई विश्वकप जिताउँदा अतिरिक्त समयमा निर्णायक गोल गरेका गोट्जेलाई यसै समरमा डर्टमुन्डले छाडेका थिए । उनलाई अनुबन्ध गर्न हर्था बर्लिन, एसी मिलान, लाजियो, एस रोमा र एट्लेटिको म्याड्रिडले चासो देखाएपनि उनी डच क्लबमा पुगेका हुन् ।
उनले फिलिप्स स्टाडिअनमा मेडिकल पुरा गरिसकेका छन् । ‘यो समरमा मलाई धेरै प्रस्ताव आएको थियो । म महसुस गर्ने मान्छे हुँ । म आफ्नै निर्णय गर्न सक्छु,’ गोट्जेले पीएसभीको आधिकारिक वेभसाइटमा भने, ‘म महसुस गर्छु कि म एकदमै भिन्न चुनौतीका लागि तयार छु । म विस्वस्त छु कि यो मेरो लागि उत्कृष्ट गन्तव्य हो ।’

२०१३ मा जर्मन महारथी बायर्न म्युनिख जानुअघि गोट्जेले बोरुसिया डर्टमुन्डमा युथ करियर हुदै आफ्नो व्यवसायिक खेल करियर सुरुवात गरेका थिए । बायर्नको तीन वर्षको बसाईपछि उनी पुनः आफ्नो बाल्यकालको क्लब डर्टमुन्ड फर्किएका थिए । डर्टमुन्डका प्रशिक्षक लुसियन फाभ्रेको योजनामा यो सिजन मात्रै २१ खेलमा मात्रै अवसर पाएका थिए डर्टमुन्ड छाडेपछि गोट्जे नयाँ गन्तव्यका लागि उत्साहित छन् ।
पीएसभीका फुटबल निर्देशक जोन डि जोङले क्लब र खेलाडीबीचको साझेदारीमा गोट्जेको आगमनले उत्साह भरिएको र उनलाई अनुबन्ध गर्न पाउदा खुशी र गर्व महसुस भएको बताएका छन् । ‘उनले आक्रमण र मिडफिल्ड दुवै क्षेत्रमा खेल्न सक्छन् । उनीसँग अन्तर्राष्ट्रिय अनुभव समेत छ,’ खेल निर्देशक जोन डि जोङले भने ।
मारियोले डर्टमुन्डा लागि गत सिजन २१ खेल खेल्दा ३ गोल गरेका थिए । उनी डर्टमुन्डमा चार सिजन रहँदा १०३ खेलमा १४ गोल गर्न सफल भएका थिए । त्यसअघि बायर्नमा तीन सिजन रहँदा ११४ खेलमा ३६ गोल गरेका थिए ।
त्यसअघि डर्टमुन्डमा रहँदा उनले ११६ खेलमा ३१ गोल गरेका थिए । २०१० देखि जर्मन राष्ट्रिय टोलीमा रहेका उनी २०१७ पछि राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् । उनले जर्मनीका लागि ६३ खेलमा १७ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
गोट्जेले डर्टमुन्डबाट दुईपटक बुन्डेसलिगा, दुई पटक डिएफबी पोकल र एकपटक सुपरकप जितेका छन् । यस्तै बायर्नबाट उनले तीन पटक बुन्डेसलिगा, दुईपटक डिएफबी पोकल र समान एकपटक युइएफए सुपरकप र फिफा क्लब वल्डकप जितेका छन् ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]