5 years ago
October 7, 2020
एजेन्सी – रियल म्याड्रिड र बार्सिलोनाबीच सिजनको पहिलो एल क्लासिकोको समय अझै तय भइसकेको छैन । अक्टोबर २४ शनिबारका लागि तय एल क्लासिको अघि दुवै टोलीले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल खेल्नेछन् ।

मध्यसातामा हुने च्याम्पियन्स लिगको समूह चरणपछि बार्सिलोनाको दाजोमा रियलले भने कम समय पाएको छ । कोरोना भाइरसका कारण ढिला गरि सुरु भएको च्याम्पियन्स लिगमा दुई टोलीको खेलबीच विश्राम अवधि भने कम रहेको छ ।
एल क्लासिकोका लागि बार्सिलोना भन्दा रियलका खेलाडीले एक दिन कम आरामको अवसर पाउनेछन् । कारण रियलले बुधबार साख्तर डोनेक्सको सामना गर्ने छ । बार्सिलोनाले भने त्यसअघिको एक दिन अघि मंगलबार नै फेरेन्चभारोसको सामना गर्नेछ । त्यसअर्थ बार्सिलोनाले भन्दा रियलका खेलाडीले २२ घन्टा कम आराम पाउनेछन् ।
एल क्लासिकोपछि पनि रियललाई कम आराम
सिजनको पहिलो एल क्लासिको पछि बार्सिलोनाका भन्दा रियलका खेलाडीले कम आराम पाउनेछन् । एल क्लासिकोपछिको पहिलो मंगलबार रियलले बोरुसिया मोन्चेन्ग्लाडबाकसँग प्रतिस्पर्धा गर्नेछ । बार्सिलोनाले भने त्यसको एक दिन पछि बुधबार इटालियन च्याम्पियन युभेन्ट्सको सामना गर्नेछ । लामो समयपछि लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एक अर्काविरुद्ध उत्रनेछन् ।
पहिलो पटक होइन
जिनेदिन जिदानको रियलले कम आरामपछि एल क्लासिको खेल्न लागेको यो पहिलो पटक भने होइन । यस्तै अवस्था गत सिजन पनि भएको थियो । त्यति बेला बुधबार एल क्लासिको भएको थियो । जसमा बार्सिलोनाले २९ घन्टा भन्दा बढी रियलका खेलाडीले भन्दा आराम पाएका थिए । बार्सिलोनाले शनिबार रियल सोसिडाडसँग र रियलले आइतबार भ्यालेन्सियासँग खेलेर एल क्लासिकोमा एकअर्काको सामना गरेका थिए ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]