5 years ago
October 7, 2020
एजेन्सी – यूईएफए नेसन्स लिगको तयारी अघिको मैत्रीपुर्ण खेलमा आज बुधबार राति युरोकप विजेता पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोर्चुगलको मैदानमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ ।

आधुनिक फुटबलको हस्ती क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा मैदान उत्रने पोर्चुगल घरेलु मैदानमा स्पेनलाई पराजित गर्दै नेसन्स लिगको यसै साता हुने दुई खेलको लागि तयारी रहेको सन्देश दिलाउन चहान्छ । रोनाल्डोले गत महिना मात्र अन्तर्राष्ट्रिय फुटबलमा गोलको शतक पूरा गरेका थिए ।
पोर्चुगलसँग रोनाल्डोसँगै डिएगो जोटा, जोआओ फेलिक्स, ड्यानियल पोडेन्स, ब्रुनो फर्नान्डेस, जोओ मौटिन्हो, नेल्सन सेमेडो, रुवेन डियास, राफयल गुरेरो, पेपे, विलियन कार्भाल्हो, रेनाटो सान्चेज, आन्द्रे सिल्भा, बर्नार्डाे सिल्भा र रुई प्याट्रेसियो लगायत खेलाडी हुनेछन् । नेसन्स कपको साविक विजेता रहेको पोर्चुगल आक्रामक रुपमा निकै बलियो देखिएको छ ।

यता, स्पेन पनि घरेलु टोलीलाई पराजित गर्दै नेसन्स लिगको लागि तयार रहेको संकेत दिने लक्ष्यमा हुनेछ । स्टार र युवा खेलाडीले भरिएको स्पेनसँग युवा खेलाडी अन्सु फातीदेखि अनुभवी कप्तान सर्जियो रामोसको साथ रहनेछ ।
फाती, रोड्रिगो, जेरार्ड मोरेनो, एडमा ट्राओरेले अग्रपङ्ति सम्हाल्दा मिडफिल्डमा सर्जियो बुस्क्वेट्स, ड्यानियल सेवालोस, फेरान टोरेस र रोड्री रहनेछन् । डिफेन्समा कप्तान रामोससँगै जेसस नाभास, सर्जियो रिगुइलोना, इरिक गार्सिया र डिएगो लोरेन्टे रहँदा डेभिड हे गेयाले गोलपोस्ट सम्हाल्ने सम्भावना छ ।

यि दुई टोली २०१८ पछि पहिलोपटक खेल्न लागेका हुन् । रसियामा १५ जुन २०१८ मा भएको विश्वकपको समूह चरणमा यि दुई टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । उक्त खेलमा रोनाल्डोले सानदार फ्रिकिकसहित ह्याट्रिक पुरा गर्दै खेललाई बराबरी गरेका थिए । यि दुई टोली हालसम्म तीनपटक आमने सामने भएका छन् । जसमा पोर्चुगल एकपटक विजयी हुँदा दुई खेल बराबरीमा सकिएको छ ।
२०१२ को युरो कपको सेमिफाइनलको निर्धारित समय गोलरहित बराबरीमा सकिदा पेनाल्टीमा स्पेन विजयी भएको थियो । त्यसअघि २०१० मा भएको मैत्रीपुर्ण खेलमा पोर्चुगल ४–० ले विजयी भएको थियो ।

मैत्रीपुर्ण खेलपछि नेसन्स लिग ‘ए’ को ग्रुप ३ मा रहेको पोर्चुगलले तेस्रो राउन्डमा विश्वविजेता फ्रान्ससँग १२ अक्टोवर र १५ अक्टोवरमा स्वीडेनसँग खेल्दैछ । समूहमा पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक भएपनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा रहँदा अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र चौथो स्थानमा छ ।
यता, नेसन्स लिगको नेसन्स लिगको ‘ए’ को ग्रुप ४ मा रहेको स्पेनले ११ अक्टोबार स्वीट्जरल्यान्डसँग तथा १४ अक्टोवरमा युक्रेनसँग खेल्ने तालिका छ । समूहमा स्पेन दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । युक्रेनको ३ तथा जर्मनीको २ अंक छ । १ अंक जोडेको स्वीट्जरल्यान्ड पुछारमा छ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]