default_image

5 years ago

October 7, 2020

जर्मनीले टर्कीको सामना गर्दै

155 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज बुधबार राति जर्मनी र टर्कीले प्रतिस्पर्धा गर्दैछ । जर्मनी र टर्कीबीचको खेल राति १२ः३० बने कोल्नमा हुनेछ ।

नेसन्स लिगको थप तयारीका लागि दुवै टोलीले मैत्रीपुर्ण खेल खेल्न लागेका हुन्। यि दुई टोली २०११ पछि पहिलोपटक खेल्न लागेका हुन् । २०१२ को युरोकपको लागि २०११ मा भएको छनोट खेलमा समूह ‘ए’ रहँदा यि दुई टोलीले दुई खेल खेल्दा दुवैमा जर्मनी विजयी भएको थियो ।

जर्मनी सोही जितको लयलाई निरन्तरता दिने योजनामा हुनेछ । तर, जर्मनीसँग मुख्य फरवार्ड टिमो वेर्नर रहने छैन । ज्वरोका कारण उनी टोली बाहिर छन् । सर्ज जिनाब्री र जियानलुका वाल्समिट टिमोको स्थानमा खेल्न पाउने सम्भावना छ । काई हाभर्टज, जुलियन ड्राक्सलर, लियोन गोरेट्जका, योसुवा किम्मिख, जुलियन ब्रान्ट, रोविन गोसेन्स, एन्टोनियो रुडिगर, म्याथियस जिन्टर, इम्री क्यान र बन्ड लेनोले टर्कविरुद्ध पहिालो रोजाईमा खेल्न पाउने सम्भावना छ ।

यता, टर्की पनि घरेलु टोलीलाई पराजित गर्दै जर्मनीसँगको हारको श्रृंखलालाई तोड्ने दाउमा हुनेछ । टर्कीसँग बुराक इलमाज, हकान कालहानोग्लु, युसुफ याजिसी, ओजान तुफान, काग्लर सोयुन्कु र मर्ट गुन्नोक रहेका छन् ।

मैत्रीपुर्ण खेलपछि लिग ‘ए’ को ४ मा रहेको जर्मनीले ११ अक्टोबारमा तेस्रो राउन्डमा युक्रेनको तथा १४ अक्टोवरमा चौथो राउन्डमा स्वीट्जरल्यान्डसँग खेल्दे तालिका छ । समूहमा जर्मनी दुई खेलमा बराबरी खेल्दै २ अंक जोडेर तेस्रो स्थानमा छ । १ अंक जोडेर स्वीट्जरल्यान्ड पुछारमा रहँदा स्पेन ४ अंक जोडेर शीर्षस्थानमा तथा युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस्तै लिग ‘बी’ को ३ मा रहेको टर्कीले १२ अक्टोवरमा तेस्रो राउन्डमा रसियासँग तथा १५ अक्टोवरमा चौथो राउन्डमा सर्वियासँग खेल्ने तालिका छ । टर्की १ अंक जोडेर तेस्रो स्थानमा रहँदा रसिया ६ अंक जोडेर शीर्षस्थानमा तथा हंगेरी ३ अंकसहित दोस्रो स्थानमा छ । १ अंक रहेको सर्विया पुछारमा छ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.