default_image

5 years ago

October 7, 2020

फ्रान्सलाई युक्रेनको चुनौती

113 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विश्व विजेता फ्रान्सले आज बुधबार राति युक्रेनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल स्टेड डि फ्रान्समा खेल नेपाली समयानुसार रातको १२ः४५ बजे हुनेछ ।

दुवै टोलीले यूईएफए नेसन्स लिगको तेस्रो र चौथो राउन्डको खेलको तयारीका लागि मैत्रीपुर्ण खेल खेल्न लागेका हुन् । नेसन्स लिगमा फ्रान्स लिग ‘ए’ को ग्रुप ३ मा रहेको छ । यो समूहमा साविकको विजेता पोर्चुगलसँगै स्वीडेन र क्रोएसिया रहेको छ । पोर्चुगलसँग समान ६ अंक रहेपनि फ्रान्स दोस्रो स्थानमा रहेको छ । अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र चौथो स्थानमा छ ।

युक्रेनविरुद्ध फ्रान्सले केलियन एमबाप्पे, एन्टोइन ग्रिजमन, ओलिभर जिरुउड, एन्थोनी मार्सियाल, लुकास डिग्ने, क्लेमेन्ट लेङ्लेट, एङ्गोलो कान्टे, बेन्जामिन पाभार्ड, प्रेसनेल किमपेम्वे, राफयन भरान, पल पोग्वा, किङ्सले कोमान, एड्रिएन राबिओट, इडुआर्डाे कामाभिंगा र ह्युगो लोरिसलाई मैदानमा उतार्न सक्नेछ ।

विश्वविजेता फ्रान्स पछिल्लो ६ खेलमा अपराजित छ । जसमा ५ जित र १ बराबरीको नतिजा छ । २०१९ अक्टोवर १५ मा भएको युरो छनोटमा टर्कीसँग १–१ गोलको बराबरीमा रोकिएयता फ्रान्सले सबै चार खेलमा जित निकालेको छ ।

यता, युक्रेन पनि घरेलु टोलीलाई पराजित गर्दै नेसन्स लिगको लागि तयार रहेको सन्देश दिने योजनामा हुनेछ । युक्रेनसँग एन्ड्री यार्माेलेन्को, रोमन यारेमचुक, इगोर खाराटिन, माइकोला सापारेन्को, इगोर प्लास्टन र गोलरक्षक एन्ड्री लुनिनको साथ रहनेछ ।

यि दुई टोली २०१३ पछि पहिलोपटक खेल्न लागेको हो । हालसम्म चारपटक प्रतिस्पर्धा गर्दा फ्रान्स ३ खेलमा विजयी हुदा युक्रेनले एक खेल आफ्नो पक्षमा पारेको छ । ब्राजिलमा सम्पन्न विश्वकप छनोटको लागि २०१३ मा भएको छनोटो समूह चरणमा युक्रेनले फ्रान्सलाई २–० ले पराजित गरेका थियो । त्यसपछि अर्काे खेलमा फ्रान्स ३–० ले विजयी भएको थियो । त्यसअघिको दुवै खेलमा फ्रान्सले २–० र ४–१ को जित निकालेको थियो ।

मैत्रीपुर्ण खेलपछि फ्रान्सले पोर्चुगलसँग १२ अक्टोवरमा तथा १५ अक्टोवरमा क्रोएसियासँग खेल्ने तालिका छ । यता, लिग ‘ए’ को ४ मा रहेको युक्रेनले ११ अक्टोवरमा जर्मनीको तथा १४ अक्टोवरमा स्पेनको सामना गर्दैछ । युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा स्पेन ४ अंकसहित शीर्षस्थानमा छ । जर्मनीको २ तथा स्वीट्जरल्यान्डको १ अंक छ ।

अन्य खेल

साइप्रसपिरुद्ध चेक रिपब्लिक (राति ९ः४५ बजे), डेनमार्कविरुद्ध फारोइ आइल्यान्ड (राति ९ः४५ बजे), इस्टोनियाविरुद्ध लिथुआनिया (राति ९ः४५ बजे), माल्टाविरुद्ध जिब्राल्टार (राति ९ः४५ बजे), मोन्टेनेग्रोविरुद्ध लात्भिया (राति ९ः४५ बजे), अष्ट्रियाविरुद्ध ग्रीस (राति १२ः१५ बजे), जर्मनीविरुद्ध टर्की (राति १२ः३० बजे), इटालीविरुद्ध मोल्दोभा (राति १२ः३० बजे), नेदरल्यान्ड्सविरुद्ध मेक्सिको (राति १२ः३० बजे), पोल्यान्डविरुद्ध फिनल्यान्ड (राति १२ः३० बजे), पोर्चुगलविरुद्ध स्पेन (राति १२ः३० बजे), स्वीट्जरल्यान्डविरुद्ध क्रोएसिया (राति १२ः३० बजे)

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.