5 years ago
October 7, 2020
एजेन्सी – क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोस सहकर्मीका रुपमा रहेको सम्बन्ध सन् २०१८ को जुलाईमा टुंगिएको थियो । रियल म्याड्रिडमा ९ सिजन बिताएका रोनाल्डो युभेन्ट्स गएका थिए ।

रोनाल्डोले स्पेन छाडेयता रोनाल्डो र रामोसबीच बुधबार राती आमना सामना हुँदैछ । मैत्रीपूर्ण खेलमा रोनाल्डोले पोर्चुगल र रामोसले स्पेनको नेतृत्व गर्नेछन् । रोनाल्डोले रियलमा हुँदा रियलमा उच्च सम्मान पाएका थिए । ड्रेसिङ रुममा रोनाल्डो हुँदाको माहोल सधै उत्साहजनक हुने गरेको थियो ।
तर, पूर्व सहकर्मी लुका मोड्रिचले २०१८ मा बालोन डी ओर जित्दा भने रोनाल्डोले हार्दिकता देखाउन नसकेको बताइन्छ । त्यसअघि ५ पटक बालोन डी ओर जितेका रोनाल्डो त्यो अवार्ड समारोहमा उपस्थित नै भएनन् । ब्राजिलियन डिफेन्डर मार्सेलोको हकमा भने रोनाल्डो केहि सहज रहने गर्छन् ।
जहाँ सम्म रामोस र रोनाल्डोबीचको सम्बन्ध छ, दुवै क्लबमा हुँदा उनीहरुको सम्बन्ध राम्रो थियो । तर रोनाल्डोले रियल छाडेपछि भेट भएको छैन । यी दुईले रियलका लागि साथ खेल्दै थुप्रै उपलब्धि हासिल गरेका थिए । कप्तान समेत रहेका रामोस अहिले पनि रियलका महत्त्वपूर्ण खेलाडी हुन् ।
बुधबार खेल सुरु हुनुअघि यी दुई बीच पक्कै भेट हुनेछ । दुवैले आ आफ्नो देशलाई जिताउन कोशिस गर्नेछन् । जसरी दक्षिण अफ्रिकामा भएको विश्वकप, युक्रेन र पोल्यान्डमा भएको युरोपियन च्याम्पियनसिप र अन्य मैत्रीपूर्ण खेलमा आफ्नो टोलीलाई सफलता दिलाउन प्रयास गर्नेछन् ।

रोनाल्डो अघिल्लो वर्ष एल क्लासिको हेर्न बेर्नबोउ पुगेका थिए । तर उनी खेल सुरु हुनु केहि अघि मात्र रंगशालामा पुगेका थिए । त्यस्तै खेल सकेको केहि मिनेटमै उनी त्यहाँबाट निस्के । उनी टोली पूर्व सहकर्मी वा प्रशिक्षकलाई भेट्न ड्रेसिङ रुम गएनन् । रोनाल्डो दशर्क भएको त्यो एल क्लासिकोमा रियलले बार्सिलोनार्लाइ २–० ले हराएको थियो । जसमा भिनिकस जुनियर र मारियानो डिएजले गोल गरेका थिए ।
ड्रसिङ रुपमा केहि खेलाडीसँग सम्बन्ध सुमधुर नभएको पनि हुन सक्दछ । तर, रियलका नेतृत्वकर्तासँग भने रोनाल्डोको सम्बन्ध राम्रो रहेको थियो । जसमा क्लबका अध्यक्ष फ्लोरिन्टिनो पेरेजसँग रोनाल्डोको विशेष आत्मियता रहेको बताइन्छ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]