5 years ago
October 8, 2020
एजेन्सी – फरवार्ड ओलिभर जिरुउडले आफ्नो १ सयौं अन्तर्राष्ट्रिय खेलमा कीर्तिमानी दुई गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विश्वविजेता फ्रान्सले युक्रेनमाथि सानदार जित दर्ता गरेको छ ।

युइएफए नेसन्स लिगको तेस्रो र चौथो राउन्ड अघिको तयारीको लागि भएको मैत्रीपुर्ण खेलमा फ्रान्सले युक्रेनमाथि ७–१ को प्रभावशाली जित दर्ता गरेको हो । घरेलु मैदानमा बुधबार राति भएको खेलमा फ्रान्सको सानदार जितमा ओलिभर जिरुउडले दुई तथा इडुआर्डाे कामाभिंगा, कोरेन्टिन टोलिसो, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले गोल गरे । एक गोल उपहार पाउदा युक्रेनका भिक्टोरले सान्त्वना गोल फर्काए ।
स्टेड डि फ्रान्स पेरिसमा पहिलो हाफमा ४ र दोस्रो हाफमा पनि चार गोल सम्भव भएकमे खेलमा फ्रान्सले खेलको नवौं मिनेटमा युवा स्टार कामाभिंगाको गोलबाट अग्रता लिएको थियो । गोलको वर्षा भएको खेलमा ओलिभर जिरुउडले खेलको २४औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे ।

३४औं मिनेटमा जिरुउडले व्यक्तिगत तेस्रो गोल गरेपछि फ्रान्स खेलमा ३–० ले अघि बढ्यो । यससँगै जिरुउड फ्रान्सबाट सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । अब उनीभन्दा अघि थिएरी हेनरी १२५ खेलमा ५१ गोल रहेका छन् ।
युक्रेनविरुद्ध दुई गोल गरेसँगै उनले मिचले प्लाटिनी (४१) गोललाई पछि पारेका हुन् । जिरुउडले १०० खेलमा ४२ गोल गरेका छन् । ३९औं मिनेटमा भिटाली माइकोलेन्कोले आत्मघाती गोल गरेपछि फ्रान्सले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा पनि गोलको वर्षा रोकिएन । ५३औं मिनेटमा पाहुना टोलीका भिक्टोरले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ६५औं कोरेन्टिन टोलिसोले केलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई फराकिलो जिततर्फ अग्रसर गराए ।
८२औं मिनेटमा विसाम विन यडरको पासमा एमबाप्पेल गोल गरेपछि फ्रान्सल खेलमा ६–१ को फराकिलो अग्रता लियो । निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा विसाम विन यडरकै पासमा एन्टोइन ग्रिजमले गोल गर्दै फ्रान्सलाई ७–१ को सानदार जित दर्ता गराए ।

मैत्रीपुर्ण खेलपछि नेसन्स लिग ‘ए’ को ग्रुप ३ मा रहेको फ्रान्सले पोर्चुगलसँग १२ अक्टोवरमा तथा १५ अक्टोवरमा क्रोएसियासँग खेल्ने तालिका छ । समुहमा पोर्चुगल ६ अंक जोडेर शीर्षस्थानमा रहँदा समान ६ अंक भएपनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा रहँदा अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र चौथो स्थानमा छ ।
यता, लिग ‘ए’ को ४ मा रहेको युक्रेनले ११ अक्टोवरमा जर्मनीको तथा १४ अक्टोवरमा स्पेनको सामना गर्दैछ । युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा स्पेन ४ अंकसहित शीर्षस्थानमा छ । जर्मनीको २ तथा स्वीट्जरल्यान्डको १ अंक छ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]