5 years ago
October 8, 2020
एजेन्सी – स्टेफन अल सारावे चम्किएको खेलमा इटालीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मोल्दोभामाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा इटालीले मोल्दोभालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इटालीको आधा दर्जन गोलमा स्टेफन अल सरावेले दुई गोल गर्दा ब्रायन क्रिसटान्टे, फ्रान्सिस्को कापुटो र डोमिनिको बेराडीले गाल गर्दा एक गोल उपहार पाएको थियो । इटालीले पहिलो हाफमै ५–० को आरामदायी अग्रता लिदा दोस्रो हाफमा थप एक गोल गर्न सम्भव भएको थियो ।
बुधबार राति गोलको वर्षा भएको खेलमा इटालीले खेलको १८औं मिनेटमा ब्रायन क्रिसटान्टेको गोलबाट अग्रता लिएको थियो । २३औं मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । ३०औं मिनेटमा स्टेफन अल सरावेले गोल गरेपछि इटालीले आधा घन्टामै ३–० को आरामदायी अग्रता लिएको थियो ।

३७औं मिनेटमा भियासेस्लाभ पोस्माकले आत्मघाती गोल गरेपछि इटाली खेलमा ४–० ले अघि बढ्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सरावेले व्यक्तिगत दोस्रो गोल गरेपछि इटालीले पहिलो हाफमै ५–० को आरामदायी अग्रता लिन सफल भयो । ७२औं मिनेटमा डोमिनिको बेराडीले गोल गर्दै इटालीलाई आधादर्जन गोलको सानदार जित दिलाए ।
नेसन्स लिग ‘ए’ को १ मा रहेको इटालीले अब तेस्रो राउन्डमा १२ अक्टोवरमा पोल्यान्डको तथा १५ अक्टोवरमा चौथो राउन्डमा नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । इटाली ४ अंकसहित शीर्षस्थानमा रहेको छ । नेदरल्यान्ड र पोल्यान् समान ३ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहँदा बोस्निया एन्ड हर्जगोभिना १ अंकसहित पुछारमा छ ।

लिग ‘सी’ को ३ मा रहेको मोल्दोभाले १२ अक्टोवरमा ग्रीसको तथा १५ अक्टोवरमा स्लोभेनियासँग प्रतिस्पर्धा गर्दैछ । यो समूहका मोल्दोभा १ अंक जोडेर पुछारमा छ । ग्रीस ४ अंक जोडेर शीर्षस्थानमा रहँदा स्लोभेनियाको पनि ४ अंक रहेपनि दोस्रो स्थानमा छ । कोसोभो एक अंक जोडेर तेस्रो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]