5 years ago
October 8, 2020
एजेन्सी – युइएफए नेसन्स लिगको तयारी अघिको मैत्रीपुर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेको छ । पोर्चुगलमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि स्पेनले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुगिंएको हो ।

खेलको दोस्रो मिनेटमा नै ड्यानियल ओल्मोले गोलको सुन्दर अवसर खेर फाल्दा स्पेन अग्रता लिबाट चुकेको थियो । जेरार्ड मोरेनोको पासमा ओल्मोले रुवेन सेमेडोलाई बिट गर्दै गरेको प्रहारमा पोर्चुगलका गोलरक्षक रुई प्याटिसियो बाधक बने ।
पाँचौ मिनेटमा ड्यानियल सेवालोसको थ्रु पासमा ओल्मो पुन चुके । ११औं मिनेटमा सर्जी रोबर्टाेको पासमा रोड्रिगोको २० यार्ड टाढाको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै सर्जियो रिगुइलोनको पासमा ओल्मोको प्रहारलाई गोलरक्षक प्याट्रिसियोले सहजै नियन्त्रणमा लिए । २५औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा रेनाटो सान्चेसको प्रहार क्रसबारबाट थोरै बाहिरिद पोर्चुगल अग्रता लिनबाट चुक्यो ।

३०औं मिनेटमा जोओ मौटिन्होको क्रसमा रुवेन सेमेडोको प्रहार डिफ्लेक्ट हुदै बाहिरिदा पाएको कर्नरमा आन्द्रे सिल्भाको हेडर प्रयास सफल हुन सकेन । ४३औं मिनेटमा पोर्चुगलले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । रेनाटो सान्चेस हुदै रोनाल्डोबाट आएको पासमा राफयल गुरेरोको १० यार्ड भित्रको हाफ भली प्रहार क्रसबारबाट थोरैले बाहिरियो ।
४५औं मिनेटमा मौटिन्होको फ्रिकिकमा रोनाल्डोले अफसाइड बिट ट्रयाप गर्दै गरेको हेडरले पोस्टको दिशा लिएन । ५३औं मिनेटमा रोनाल्डोको शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिदा पोर्चुगल अग्रता लिनबाट चुक्यो । रिवाउन्डमा सान्चेसको प्रहार पनि आकासियो । ६७औं मिनेटमा रोनाल्डोको पासमा सान्चेसको अर्काे प्रहार क्रस बारमा लाग्दै बाहिरिदा पोर्चुगल चुकचुकायो ।
७५औं मिनेटमा जोआओ फेलिक्सको पासमा ट्रिन्काओको प्रहारलाई स्पेनका गोलरक्षक किपा एरिजाबालागाले बचाए । इन्ज्युरी समयमा दुवै टोलीबाट केही सुवर्ण अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दाखेल गोलरहित बराबरीमा टुगिंयो । पोर्चुगलले रोनाल्डोलाई ७३औं मिनेटमा सब्सिच्युट गर्दा स्पेनले अनुभवी डिफेन्डर तथा कप्तान सर्जियो रामोसलाई दोस्रो हाफमा मैदानमा उतारेको थियो ।
यि दुई टोली २०१८ पछि पहिलोपटक प्रतिस्पर्धा गरेको हो । रसियामा १५ जुन २०१८ मा भएको विश्वकपको समूह चरणमा यि दुई टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । जसमा रोनाल्डोले ह्याट्रिक पुरा गर्दै खेललाई बराबरी गरेका थिए ।
मैत्रीपुर्ण खेलपछि नेसन्स लिग ‘ए’ को ग्रुप ३ मा रहेको पोर्चुगलले तेस्रो राउन्डमा विश्वविजेता फ्रान्ससँग १२ अक्टोवर र १५ अक्टोवरमा स्वीडेनसँग खेल्दैछ । समूहमा पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक भएपनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा रहँदा अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र चौथो स्थानमा छ ।
यता, नेसन्स लिगको नेसन्स लिगको ‘ए’ को ४ मा रहेको स्पेनले ११ अक्टोबार स्वीट्जरल्यान्डसँग तथा १४ अक्टोवरमा युक्रेनसँग खेल्ने तालिका छ । समूहमा स्पेन दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । युक्रेनको ३ तथा जर्मनीको २ अंक छ । १ अंक जोडेको स्वीट्जरल्यान्ड पुछारमा छ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]