5 years ago
October 8, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनी र टर्कीले रोमाञ्चक बराबरी खेलेको छ । टर्कीले जर्मनीलाई उसकै मैद्यानमा ३–३ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा किनान कारामानले गोल गर्दै टर्कीलाई जर्मनीसँगको हार बाट जोगाए । जर्मनीका जुलिन ड्राक्सलर, फ्लोरियल नोइह्याउस र जियान लुका वल्डस्मिटले गोल गर्दा टर्कीका ओजन तुफान, इफिजान काराका र केनान कारामानले गोल गरे ।
बुधबार राति जर्मनीमा भएको प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा जुलियन ड्राक्सलरको गोलबाट घरेलु टोलीले खेलमा १–० को अग्रता लिएको थियो । उनले काई हाभर्टजको चलाखीपुर्ण पासमा गोल गर्न सफल भएका थिए ।

५०औं मिनेटमा टर्कीले बराबरी गोल फर्कायो । ओजन तुफानले कान एहानको पासमा कप्तान ओजान तुफानले पेनाल्टी बक्समा टर्न लिदै उत्कृष्ट गोल गर्न सफल भएका थिए । ५८औं मिनेटमा काई हाभर्टजको पासमा फ्लोरियल नोइह्याउसले गोल गरेपछि जर्मनीले खेलमा पुनः २–१ को अग्रता लिन सफल भयो । २३ वर्षीय नोइह्याउसले जर्मनीका लागि डेब्यु खेलमै गोल गर्न सफल भएका हुन् ।
६७औं मिनेटमा टर्कीले इफिजान काराकाको गोलबाट खेललाई पुनः २–२ गोलको बराबरीमा ल्याए । नोइह्याउसबाट बल खोस्दै वान भर्सेस वानको अवस्थामा इफिजान काराकाले गोल गर्न सफल भएका थिए । ८१औं मिनेटमा जियान लुका वल्डस्मिटको गोलबाट जर्मनीले खेलमा पुनः ३–२ को अग्रता लियो ।

रोविन गोसेन्सको क्रसलाई ओजान कावकले हेडरमार्फत गरेको क्लियररेन्सलाई जियानले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै गरेको प्रहारलाई टर्कीका गोलरक्षक मर्ट गुनोकले रोक्ने कुनै अवसर नै पाएन । इन्ज्युरी समयको थप गरिएको चौथा मिनेटमा सब्सिच्युट फरवार्ड केनान कारामानले अब्दुलकाडिर ओमुरको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए ।
मैत्रीपुर्ण खेलपछि लिग ‘ए’ को ४ मा रहेको जर्मनीले ११ अक्टोबारमा तेस्रो राउन्डमा युक्रेनको तथा १४ अक्टोवरमा चौथो राउन्डमा स्वीट्जरल्यान्डसँग खेल्दे तालिका छ । समूहमा जर्मनी दुई खेलमा बराबरी खेल्दै २ अंक जोडेर तेस्रो स्थानमा छ । १ अंक जोडेर स्वीट्जरल्यान्ड पुछारमा रहँदा स्पेन ४ अंक जोडेर शीर्षस्थानमा तथा युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस्तै लिग ‘बी’ को ३ मा रहेको टर्कीले १२ अक्टोवरमा तेस्रो राउन्डमा रसियासँग तथा १५ अक्टोवरमा चौथो राउन्डमा सर्वियासँग खेल्ने तालिका छ । टर्की १ अंक जोडेर तेस्रो स्थानमा रहँदा रसिया ६ अंक जोडेर शीर्षस्थानमा तथा हंगेरी ३ अंकसहित दोस्रो स्थानमा छ । १ अंक रहेको सर्विया पुछारमा छ ।
अन्य नतिजा
साइप्रसविरुद्ध चेक रिपब्लिक (१–२), डेनमार्कविरुद्ध फारोइ आइल्यान्ड (४–०), इस्टोनियाविरुद्ध लिथुआनिया (१–३), माल्टाविरुद्ध जिब्राल्टार (२–०), मोन्टेनेग्रोविरुद्ध लात्भिया (१–१) लक्जेमवर्गविरुद्ध लिचेस्टाइन (१–२), अष्ट्रियाविरुद्ध ग्रीस (२–१), एन्डोराविरुद्ध केप भेर्डे (१–२), इटालीविरुद्ध मोल्दोभा (६–०), नेदरल्यान्ड्सविरुद्ध मेक्सिको (०–१), पोल्यान्डविरुद्ध फिनल्यान्ड (५–१), पोर्चुगलविरुद्ध स्पेन (०–०), स्लोभेनियाविरुद्ध सान मारिनो (४–०), स्वीट्जरल्यान्डविरुद्ध क्रोएसिया (१–२)
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]