5 years ago
October 8, 2020
एजेन्सी– क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोसले रियल म्याड्रिडका लागि थुप्रै अविष्मरणीय समय बिताएका थिए । दुई वर्ष अघि युभेन्ट्स जानु अघि रोनाल्डोले रियलमा बिताएका थिए ।

तर, इटाली गएयता रोनाल्डो र रामोसबीच भेटघाट वा कुराकानी भएको थिएन । गत सिजन एल क्लासिको हेर्न रोनाल्डो बेर्नबोउ पुगेपनि त्यति बेला पनि उनीहरुबीच भेट भएको थिएन ।
व्यवहार हेर्दा रोनाल्डोलाई रियलको ड्रेसिङ रुम खासै मन परेको थिएन भन्ने अनुमान पनि गरिन्छ । तर, उनीहरुबीचको तिक्तता भन्दा पनि यादगार क्षण बढी थिए । अन्ततः दुई स्टारबीच बुधबार भेट भएको छ ।
पोर्चुगल र स्पेनबीचको गोलरहित बराबरीमा टुंगिएको मैत्रीपूर्ण खेलपछि रोनाल्डो र रामोसबीच भेट गर्दै पुरानो याद ताजा गरेका थिए । खेलपछि रामोस पोर्चुगलको ड्रेसिङ रुमा गएका थिए । जहाँ रोनाल्डोले आफ्नो जर्सीमा सहि गरेर पेपेको उपस्थितिमा तस्बिर पनि खिचाएका थिए ।
‘मेरो साथी सर्जियोका लागि मेरो माया’, रोनाल्डोले रामोसलाई दिएको जर्सीमा लेखेका थिए । पछि रामोसले त्यो फोटोलाई समाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
रियलका कप्तान रामोसले लेखेका छन्, ‘हामी अहिले पनि त्यहि छौं । र केहि छुटेको छ । तिमिलाई भेट्दा खुसी लाग्यो साथी ।’
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]