5 years ago
October 8, 2020
एजेन्सी – फरवार्ड करिम बेन्जेमाले रियल म्याड्रिडका लागि ५ सय १७ खेल खेलिसकेका छन् । अब १० खेलपछि उनले रियलका लागि सर्वाधिक खेल खेल्ने विदेशी खेलाडीमा रोर्बेटो कार्लोसको कीर्तिमान बराबरी गर्नेछन् ।

फ्रान्सेली फरवार्डको रियलमा यो १२ औं सिजन हो । लियोनबाट सन् २००९ मा उनी रियलमा आबद्ध भएका थिए । ला लिगामा यसै साता लेभान्तेविरुद्धको खेलमा गोल गर्दै बेन्जेमाले रियलका लागि २ सय ५० गोल पुरा गरेका थिए । पछिल्लो दुई सिजन उनको प्रदर्शन स्तरीय रहँदै आएको छ । क्रिस्टियानो रोनाल्डोले रियल छाडेदेखि फरवार्डको जिम्मा बढी उनलाई नै परेको छ ।
२०१८-१९ को सिजनमा ३० गोल गरेका बेन्जेमाको रियलमा त्यो दोस्रो उत्कृष्ट सिजन हो । त्यसअघि उनले २०११-१२ मा ३२ गोल गरेका थिए । पछिल्लो सिजन उनले ४८ खेलमा २७ गोल गरेका थिए । उनी लगायतको महत्वपूर्ण प्रदर्शनमा रियलले गत सिजन ला लिगाको उपाधि जितेको थियो ।
प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा उनले उच्च प्रदर्शन गर्दै आएका छन् । जिदानले पनि उनीमाथि विश्वास गर्छन् र उनले आफुलाई मैदानमा खरो उतारेका छन् । चोटका कारण पछिल्लो दुई सिजन उनले मात्र ५ खेल गुमाएका थिए । कार्लोसको कीर्तिमान बराबरी गर्ने मौका बेन्जेमा भन्दा अगाडि मार्सेलोलाई थियो । तर पछिल्लो दुई सिजन उनी टोलीको नियमित सदस्य बन्न सकेका छैनन् ।

यदि कुनै अन्यथा नभएको खण्डमा नोभेम्बरको अन्तिम सातामा अलाभेसविरुद्धको खेलमा बेन्जेमाले कार्लोसको कीर्तिमानको बराबरी गर्नेछन् । फरल्यान्ड मेन्डीको आगमन पछि जिदानले मार्सेलोलाई कमै मात्र मौका दिइरहेका छन् । त्यसका बावजुद पनि मार्सेलोले रियलबाट ५ सय १० खेल खेलेका छन् । बेन्जेमा भन्दा मार्सेलो ३ सिजनअघि रियलमा आबद्ध भएका थिए ।
बेन्जेमा र मार्सेलो दुवैलाई क्लबकै लागि सर्वाधिक खेल खेल्न खेलाडी बन्न भने कठिन नै देखिन्छ । राउल गोन्जालेजले रियलका लागि सर्वाधिक ७ सय ४१ र कप्तान सर्जियो रामोसले ६ सय ५४ खेल खेलिसकेका छन् ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]