default_image

5 years ago

October 8, 2020

रसिया र स्वीडेन भिड्दै

110 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज बिहीबार राति रसिया र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको भीइबी एरिनामा हुने खेल नेपाली समयअनुसार राति १० बजे हुनेछ ।

नेसन्स लिगको तेस्रो र चौथो राउन्डको खेलअघि दुवै टोलीले थप तयारीका लागि मैत्रीपुर्ण खेल खेल्न लागेको हो । स्वीडेनविरुद्ध रसियाका कप्तान अर्टिम ज्युभा नै मुख्य हतियार हुनेछ । रसियन लिगमा उच्च प्रदर्शन गरिरहेका जेनिथ सेन्ट पिटर्सवर्गका ३२ वर्षे फरवार्ड ज्युभाले रसियन लिगको ९ खेलमा ६ गोल र ३ असिस्ट दिएका छन् ।

उनले गत महिना भएको नेसन्स लिगको दुई खेलमा दुई गोल गर्नुका साथै एक असिस्ट दिएका थिए । यसबाहेक रसियासँग डेनिस चेरेसेभ, एन्टन मिरानचुक, एलेक्सी लोनोभ, रोमन जोब्निन, मागोमेद ओजडाइभ, मारियो फर्नान्डेस र एन्टन सुनिनलगायतका खेलाडी हुनेछन् ।

यता, स्वीडेन पनि रसियालाई उसकै मैदानमा रसियालाई पराजित गर्दै नेसन्स लिगको दुई खेलको लागि तयार रहेको संकेत दिने दाँउमा हुनेछ । स्टार र अनुभवी खेलाडीको साथ नरहेपनि स्वीडेनको टिम प्रदर्शन गज्जवको रहेको छ । स्वीडेनसँग एलेक्सान्डर इसाक, जोर्डन लार्सन, केन सिमा, सेवास्टियन लार्सन, सेवास्टियन होल्मेन र कार्ल जोहन जोन्सको साथ रहनेछ ।

यि दुई टोली पाँचौ पटक प्रतिस्पर्धा गर्न लागेको हो । २०१८ मा पनि यि दुई टोलीले नेसन्स पलगमा प्रतिस्पर्धा गरेका थिए । एक खेल गोलरहित बराबरीमा टुगिंदा अर्काे खेलमा स्वीडेन २–० ले विजयी भएको थियो । त्यसअघि २०१४ र २०१५ मा भएको युरो छनोटमा एक खेलमा रसिया १–० ले विजयी अर्काे खेल १–१ गोलको बराबरीमा टुगिंएको थियो ।

मैत्रीपुर्ण खेलपछि लिग ‘बी’ ३ मा रहेको रसियाले टर्कीसँग १२ अक्टोवरमा तथा हंगेरीसँग १५ अक्टोवरमा खेल्नेछ । लिग ‘ए’ ३ मा रहेको स्वीडेनले ११ अक्टोवरमा क्रोएसियाको तथा १५ अक्टोवरमा पोर्चुगलको सामना गर्नेछ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.