default_image

5 years ago

October 8, 2020

इंग्ल्यान्ड र वेल्स खेल्दै

143 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिगको तेस्रो र चौथो राउन्डको तयारीका लागि युरोपेली राष्ट्र मैत्रीपूर्ण खेलमा व्यस्त रहेको छ । यस्तैमा इंग्ल्यान्ड र वेल्सपनि एक आपसमा प्रतिस्पर्धा गर्दैछन् ।

खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुने । घरेलु टोली इंग्ल्यान्ड वेल्सलाई पराजित गर्दै नेसन्स लिगको दुई खेलको लागि तयार रहेको सन्देश दिने योजनमा हुनेछ । अनुशासन उल्लंघन गरेपछि ट्याम्मी अब्राहम, जाडोन सान्चो र बेन चिलवेलले वेल्सविरुद्धको खेल गुमाउनेछन् । प्रशिक्षक ग्यारेथ साउथगेटले यि तीन खेलाडीले वेल्सविरुद्धको खेलमा नरहने बताइसकेका छन् ।

यसबाहेक इंग्ल्यान्डसँग रहिम स्टरलिङ, उच्च लयमा रहेका डोमिनिक काल्भर्ट लेविन, हार्भे बार्नेस, ह्यारी केन, ज्याक ग्रेयलिस, मार्कुस रोसफोर्ड, मासन माउन्ट, डिक्लान राइस, रिस जेम्स, बुकायो साका, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड, इरिक डायर, जोसेप गोमेज लगायतको खेलाडी हुनेछन् । निक पोपे र जोर्डन पिकफोर्डमध्ये एकले इंग्ल्यान्डको गोलपोस्ट सम्हाल्नेछन् ।

यता, वेल्स पनि इंग्ल्यान्डलाई पराजित गर्ने दाउमा हुनेछ । चोटका कारण ग्यारेथ बेल टोलीमा नरहेपनि वेल्ससँग किफ मोर, जोनाथन विलियम्स, ड्यानियल जेम्स, डेभिड ब्रुक्स, बेन डेभिस, जोय रोडन, निको विलियम्स र वायने हेनेसी रहेनेछन् । वेल्सका अधिकांश खेलाडी प्रिमियर लिग क्लबमा आबद्ध रहेकाले पनि यस खेललाई विशेष महत्त्वका साथ हेरिएको छ ।

नेसन्स लिग ‘ए’ २ मा रहेको इंग्ल्यान्डले ११ अक्टोवरमा बेलिज्यमको तथा १५ अक्टोवरमा डेनमार्कको सामना गर्नेछ । यस्तै लिग ‘बी’ को ४ मा रहेको वेल्सले ११ अक्टोवरमा आयरल्यान्डको तथा १५ अक्टोवरमा बुल्गेरियासँग खेल्दैछ ।

अन्य खेल

उज्वेकिस्तानविरुद्ध इरान (साँझ ६ः४५ बजे), रसियाविरुद्ध स्वीडेन (राति १० बजे), दक्षिण अफ्रिकाविरुद्ध नामिविया (राति १०ः४५ बजे), बेल्जियमविरुद्ध आइभोरीकोस्ट (राति १२ः३० बजे), बुल्गेरियाविरुद्ध हंगेरी (राति १२ः३० बजे), आइसल्यान्डविरुद्ध रोमानिया (राति १२ः३० बजे), बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध नर्दन आयरल्यान्ड (राति १२ः३० बजे), स्लोभाकियाविरुद्ध आयरल्यान्ड (राति १२ः३० बजे)

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.