default_image

5 years ago

October 8, 2020

अभिषेक सम्मिलित मोहमडनको रोमान्चक जित

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाल सम्मिलित मोहमडन सपोर्टिङ क्लबले हिरो आई लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

बिहीबार भारतको कोलकातास्थित कल्याणी रंगशालामा भएको खेलमा मोहमडनले घरवाल फुटबल क्लबलाई १-० ले पराजित गरेको हो । इन्ज्युरी समयको अन्तिम मिनेटमा मुनमुन लुगुनले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत हुँदा मोहमडनले विजयी सुरुवात गरेको हो । मुनमुनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

त्यसअघि खेलको दोस्रो हाफमा नै मोहमडनले पेनाल्टीमार्फत अग्रता लिने अवसर चुकाएको थियो । ६७ औ मिनेटमा विलिस प्लाजाको थ्रु बललाई गनी अहमदले नियन्त्रणमा लिने प्रयास गर्दा गोलरक्षक सयाक बराईले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि मोहमडनले पेनाल्टी पाएको थियो । तर ट्रीनिडाड एन्ड टोबेगोका फरवार्ड प्लाजाको पेनाल्टी पोस्टमा लागेर बाहिरिएको थियो ।

पेनाल्टी चुकाएको पाँच मिनेटपछि प्लाजाको प्रहार क्रसबारमा लागेर फर्कियो । आक्रामक रणनीतिका साथ उपस्थित मोहमडनले ८२ औं मिनेटमा नेपाली फरवार्ड अभिषेक रिजाललाई मैदान प्रवेश गराएको थियो ।

प्लाजाको स्थानमा मैदान छिरेका अभिषेकले मैदानमा झन्डै १२ मिनेट बिताउँदै आक्रमणमा निकै छरितो देखिएका थिए । अभिषेकलाई मोहमडनले सेन्टर फरवार्डको भूमिका दिएको थियो ।

बिहिबारनै भएको अर्को खेलमा भवानीपुर क्लबले बेंगलुरु युनाइटेडलाई २-० ले पराजित गरेको थियो । प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । सिंगल राउन्ड रोबिन लिगपछि शीर्ष स्थानमा रहने टोलीले अर्को सिजन आइलिग खेल्नेछ । नेपालका अर्का फरवार्ड राजेश परियारले अहमदाबाद र्याकेट एकेडेमी (एआरए) फुटबल क्लबबाट खेल्दै छन् ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.