5 years ago
October 15, 2020
एजेन्सी – सरुवा बजार बन्द भएसँगै बार्सिलोनाको तत्कालको चुनौती भने टरेको थियो । कप्तान लिओनल मेस्सीले क्लब छाड्न चाहेको कारण यसपटक क्याटलान क्लबमा सबैभन्दा बढी हलचल भयो ।

क्लबले ७ सय मिलियन युरो रिलिज क्लब तिरेमा मात्र छाडन् सत राखेपछि क्लबसँग थप विवादमा नजाने भन्दै मेस्सीले कम्तीमा यो सिजन अन्त नजाने निर्णय लिए । त्यो क्लबका लागि राहतको विषय थियो नै ।
तर, अब आउने दिनमा क्लबले छिटो भन्दा छिटो पाँच खेलाडीको विषय टुंगाउनुपर्ने देखिएको छ । त्यसमा केहि नविकरण र केहि नयाँ सम्झौता रहेका छन् । ५ मध्ये ३ सम्झौता थपका विषयमा छन् । जसमा मार्क एन्ड्री, टेर स्टेगन, मेस्सी र अंसु फाती छन् । मेम्फिस डेपे र इरिक गार्सियासँग भने टोलीले नयाँ सम्झौता गर्न चाहेका खेलाडी हुन् ।
टेर स्टेगन
जर्मन गोलकिपर र क्याटलान क्लबबीच सन् २०२५ सम्मका लागि सम्झौता गर्ने सहमति भएको छ । क्लब र उनका प्रतिनिधिबीच यो विषयमा सहमति बनिसकेको बताइएको छ । तर, सहमतिमा केहि समस्या रहेको बताइएको छ । सुरुमा टेर स्टेगनले १८ मिलियन युरो पाउनेछन् भने पछि त्यो रकम घट्दै जाने बताइएको छ ।

मेस्सीविरुद्ध अध्यक्ष
मेस्सीको नयाँ सम्झौताका लागि क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउ समस्याको विषय बन्न सक्छन् । मेस्सी उनीसँग सन्तुष्ट छैनन् । उनले पटक पटक व्यवस्थापनको विरुद्ध आवाज पनि उठाएका छन् । यद्दपी आफ्नो प्रदर्शनमा भने उनी शत प्रतिशत समर्पित छन् ।
बोर्टेमेउ नै अध्यक्ष निरन्तर रहेको खण्डमा मेस्सीले क्लब छाड्ने निश्चित प्राय छ । केहि समय पछि उनी नयाँ अध्यक्षका रुपमा रहने नहरने टुंगो लाग्नेछ । नयाँ अध्यक्ष को आउछ त्यसका आधारमा बार्सिलोनमा मेस्सीको भविष्य निर्धारण हुने विश्वास गरिएको छ । उनले बार्सिलोना छाडेको खण्डमा प्रिमियर लिग टोली म्यानचेस्टर सिटी जान सक्ने अड्कल गरिएको छ ।

फातीसँग ठूलो सम्झौता
मेस्सीपछि क्लबको सबैभन्दा बढी चासो फातीमाथि छ । सिनियर टोलीमा रहेर उच्च प्रदर्शन गर्न थालेका फातीलाई क्लबले पक्कै गुमाउँन चाहदैन । उनको प्रदर्शनले पक्कै पनि उनको पारिश्रमिकमा पनि बृद्धि हुने सम्भावना छ ।
उनीमाथि अन्य क्लबले पनि पक्कै चासो देखाउने नै छ । यस्तैलाई मध्यनजर गर्दै क्लबले उनको रिलिज क्लब १ सय ५० मिलियन युरो बनाएको छ । क्लबले उनलाई अहिले १० मिलियन युरो पारिश्रमिक दिदै आएको छ ।
इरिक गार्सिया
गार्सियालाई यो सिजन भित्राउन नसक्नुले रोनाल्ड कोम्यानको योजनामा धक्का लागेको अनुमान गरिएको् छ । यद्दपी रक्षकलाई भित्राउन निरन्तर प्रयास गरिरहेको छ । अबको सरुवा बजारमा उनलाई भित्राउने गरि क्लबले प्रयास गर्नेछ ।
त्यसको अर्थ अबको छ महिनामा उनी बार्सिलोनमा हुन सक्छन् । म्यानचेस्टर सिटीले पछिल्लो समयको भन्दा पनि कम रकममा उनलाई छाड्न सक्ने अनुमान गरिएको छ ।

डेम्बेले र डीपेको भविष्य
सिजनको सुरुवातमा ओसमाने डेम्बेलेको सरुवा अनिश्चित भएसँग डेपेको बार्सिलोना यात्रा हुन सकेन । कोम्यानले सार्वजनिक रुपमै म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीलाई लिन चाहेको बताएका थिए । तर, सम्झौता भने हुन सकेन ।
जनवरीमा फेरि डेम्बेलेलाई बेच्न बार्सिलोनाले प्रयास गर्नेछ । त्यसपछि पक्कै पनि टोलीले डच फरवार्ड मेम्फिस डीपेलाई भित्राउने विश्वास गरिएको छ । लियोनसँग छलफल गरेर यो विषय टुंगाउन बार्सिलोनालाई समस्या नहुने बतइएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]